सोमबार, असार २२, २०८३

भलिबल च्याम्पियनसिपः पुलिसलाई हराउँदै न्यु डाइमन्ड फाइनलमा

छैटौं एनभीए राष्ट्रिय भलिबल महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ जित निकाल्दै न्यु डाइमन्ड फाइनलमा प्रवेश गरेको छ।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– छैटौं एनभीए राष्ट्रिय भलिबल महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ जित निकाल्दै न्यु डाइमन्ड फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दिउँसो सम्पन्न खेलमा न्यु डाइमन्डले विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो पुलिसले र दोस्रो सेट सेट न्यु डायमन्डले जितेको थियो। त्यस्तै चौथो सेट पुन पुलिसले जित निकाल्यो भने तेस्रो र अन्तिम सेटमा जित निकाल्दै न्यु डाइमन्ड फाइनल पुग्यो।

पहिलोटमा ११–११ को बराबरी अवस्थाबाट न्युडाइमन्डले जित निकालेको थियो। पुलिसको १५ र न्यु डाइमन्डको १६ अंक भएको समयमा रेफ्री गलत निर्णय लिएर पुलिसलाई अंक दिएको भन्दै न्यु डाइमन्डका खेलाडी निकै आक्रोशित बनेका थिए।

पछि न्यु डाइमन्डले १८–२५ को हार बेहोर्यो। यता, उत्तिकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा भने न्यु डाइमन्डले २५–१७ को जित निकाल्यो।

तेस्रो सेटमा १२–१२ को अवस्थाबाट १९–१६ ले अघि बढ्दै पुलिसले फेरि जित निकाल्यो। त्यो जित २१–२५ को रह्यो। तर अन्तिम दुई सेटमा न्यु डायमन्डले २५–१७ र १५–१०को सेटमा जित निकाल्दै फाइनल यात्रा तय गर्यो।

अब फाइनलमा भोलि न्यु डायमन्डले एपीएफको सामना गर्नेछ। यता पराजित पुलिसले तेस्रो स्थानको लागि आर्मीसँग खेल्नेछ।

प्रकाशित: Oct 01, 2021| 16:22 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।