सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तिम ओभरमा २६ रन बनाउँदै ललितपुरले विराटनगरलाई दियो २२८ रनको लक्ष्य

अन्तिम ओभरमा २६ रन बनाउँदै ललितपुरले विराटनगरलाई दियो २२८ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा ललितपुर प्याट्रिओट्सका सन्दुम वेराक्कोटीको ७३ रन रहयोगमा विराटनगर वारियर्सले २२७ रनको लक्ष्य पाएको छ।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा ललितपुर प्याट्रिओट्सका सन्दुम वेराक्कोटीको ७३ रन रहयोगमा विराटनगर वारियर्सले २२७ रनको लक्ष्य पाएको छ।

खेलको पाँचौँ नम्बरमा मैदान प्रवेश गरेका अजमुतल्लाह ओमरजाईले पनि २४ बलमा ५८ रन बनाएपछि ललितपुरले विराटनगरलाई विशाल लक्ष्य प्रस्तुत गर्न सकेको हो। उनले २१ बलमा अर्धसतक प्रहार गर्दै ईपीएलमा सबैभन्दा छिटो अर्धसतक बनाउने खेलाडीको रेकर्ड बनाएका छन्।

पुरा ओभर खेल्दै पाँच विकेट गुमाएर ललितपुरले २२६ रन बनाएपछि विराटनगरले २२१ रनको कीर्तिमानी लक्ष्य पाएको हो। ललितपुरले यसअघि २१६ रनको सर्वाधिक लक्ष्यलाई तोड्दै नयाँ लक्ष्य प्रस्तुत गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले १० ओभरको अन्त्यसँगै एक विकेटको क्षतिमा ९८ रन बनाएको थियो। त्यसपछि बाँकी १० ओभरमा उसले १२८ रन थप्यो। खेलमा सन्दुम भेराक्कोटीले ४३ बलमा तीन छक्का र १० चौकाको सहयोगमा ७३ रन बनाए।

त्यस्तै, अर्का ओपनर कुशल भुर्तेलले १७ बलमा ३२ बनाएर आउट भएका छन्। तेस्रो नम्बरमा मैदान आएका योगेन्द्र सिंह कार्कीले २७ रन बनाए भने जयकिसन कोल्सावालाले १३ रन जोडे।

खेलको अन्तिममा मैदान छिरेका नारायण जोशीले चार बलमा तीन छक्का प्रहार गर्दै १८ रन जोडे। यता विराटनगरका करण केसीले दुई विकेट लिए भने सिकन्दर राजा, प्रतिस जीसी र दिलशाला कुमारले समान १–१ विकेट लिए।

प्रकाशित: Oct 01, 2021| 11:32 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।