सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको क्वार्टरफाइनलमा भिड्दै यी टिम

भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको क्वार्टरफाइनलमा भिड्दै यी टिम

एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज पुरुषतर्फ क्वार्टरफाइनल खेल हुँदैछ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं– एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज पुरुषतर्फ क्वार्टरफाइनल खेल हुँदैछ।

National life

समूह चरणमा विजेता तथा उपविजेता बनेका टिमले आज क्वार्टरफाइनलमा प्रतिपर्दा गर्ने निश्चित भएको हो। यससँगै आज पुरुषतर्फ ४ र महिलातर्फ २ खेल हुनेछन्।

क्वार्टरफाइनलका खेल आज दिउँसो १२ बजेबाट सुरु हुनेछ। समूह 'ए'बाट टिपटप हेल्प नेपाल र गलकोट स्पोट्स क्लब क्वार्टरफाइनलमा पुगेका छन्। त्यस्तै, समूह 'बी'बाट नेपाल पुलिस क्लब र गण्डकी प्रदेश अन्तिम आठमा पुगेका छन्।

उता समूह 'सी'बाट त्रिभुवन आर्मी क्लब र नयाँ बजार सामाजिक लबले क्वार्टरफाइनल खेल्नेछन् भने समूह 'डी'बाट विभागीय टिम एपीएफ र ढोरपाटकले खेल्नेछन्।

आजको महिलातर्फको खेल बिहान ८ बजेबाट सुरु हुनेछ। जहाँ एपीएफले नेपाल पुगिसको सामना गर्नेछ भने होङ्वान्जी न्यु डायमन्डजले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। सबै खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ।

Laxmi sunrise bank
kumari

क्वार्टरफाइनलका खेल आज १२ बजेबाट सुरु हुनेछन्। १२ बजे सुरु हुने पहिलो क्वार्टरफाइनलमा हेल्प नेपाल र नयाँ बजारबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, आजको दोस्रो क्वार्टरफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो खेल कभर्डहलमा दिउँसोको २ बजे सुरु हुनेछ।

४ बजे सुरु हुने तेस्रो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबले गलकोट स्पोर्ट्स क्लबसँग खेल्नेछ।

आजको अन्तिम क्वार्टरफाइनलमा एपीएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। एपीएफ र गण्डकीबीतको खेल साँझ ६ बजे सुरु हुनेछ।

प्रकाशित: Sep 30, 2021| 08:12 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।