सोमबार, माघ ५, २०८२

साफ च्याम्पियनसिप आजबाट, नेपालले माल्दिभ्सको सामना गर्दै

दक्षिण एसियाली स्तरको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता आज (असोज १५) गतेबाट सुरु हुँदैछ।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– दक्षिण एसियाली स्तरको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता आज (असोज १५) गतेबाट सुरु हुँदैछ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा आयोजित प्रतियोगितामा दक्षिण एसियाका पाँच देशको सहभागिता रहेको छ।

National life

यता दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनभित्र रहेको पाकिस्तान र भुटानले भने कोभिडको महामारीको कारण सहभागिता नजनाउने भएका छन्। त्यसबाहेक आयोजक माल्दिभ्ससहित श्रीलंका, भारत, बंगलादेश र नेपालले प्रतियोगिता खेल्नेछन्।

यी सबै देशले साफ च्याम्पियनसिपका लागि आ-आफ्नो टोली घोषणा गरिसकेका छन्। गएको असोज १० गते नै नेपालले पनि आफ्नो टिम घोषणा गरेको थियो।

कतारमा दुई हप्ता अभ्यास गरेको नेपाली टिम गएको सोमबार नै माल्दिभ्स पुगेको छ। त्यस्तै, साउदी अरेबियामा च्याम्पिनसिपको अन्तिम अभ्यास गरेपछि श्रीलंकसहित सबै टिम माल्दिभ्स पुगेका छन्।

आज पहिलो दिनमा नेपालले आयोजक माल्दिभ्सको सामना गर्नेछ।

Laxmi sunrise bank
kumari

नेपालको खेल तालिका

नेपाल र माल्दिभ्स, असोज १५ राति पौने १० बजे

श्रीलंका र माल्दिभ्स, असोज १८ राति पौने १० बजे

नेपाल र इन्डिया, असोज २४ राति पौने १० बजे

बंगलादेश र नेपाल, असोज २७ राति पौने १० बजे

विभिन्न देशका टिमहरू

नेपाल

किरण कुमार लिम्बु, दीपक कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरज जिउ ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा र रोहित चन्द

श्रीलंका

गोलरक्षक : सुजन परेरा, प्रभात रुवान अरुणासिरी, कविश फर्नान्डो

डिफेन्डर : चामोद दिलशान, हर्ष फर्नांडो, सुनिल रोशन अप्पुहमी, चरिता रथनायके, डक्सन पुस्लास, असिकूर राहुमान 

मिडफिल्डर : मोहम्मद मुस्ताक, मोहम्मद फजल, मार्विन ह्यामिल्टन, जुड सुपन, चलाना चमेरा, कविन्दु ईशान, डिलन डी सिल्भा, एडिसन फिगुराडो, अमन फैजर

फरवार्ड : अहमद वसीम रजीक, मोहम्मद आकिब, सुपुन दानञ्जय विजेसिंघे, रिफ्खाम मोहम्मद र मोहम्मद शिफान


भारत

गोलकीपर : गुरप्रीत सिंह, विशाल कैथ र धीरज सिंह मोइरतगथेम।

रक्षक : प्रीतम कोटल, सेरिटन फर्नांडीस, चिंगलेनसाना सिंह, राहुल भेके, सुभाशीश बोस र मंदर राव देसाई।

मिडफिल्डर : उदान्त सिंह, ब्रान्डन फर्नान्डेस,  ललेङमाविया, अनिरुद्ध थापा, सहल अब्दुल समद, जेक्सन सिंह, ग्लेन मार्टिन्स, सुरेस सिंह, लस्टन कोकाको र यासिर मोहम्मद

फर्वाड : मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री र फारुख चौधरी।

बंगलादेश

अनिसुर रहमान, विश्वनाथ घोष, टोपु बर्मन, तारिक काजी, बिप्लो अहमद, महबुइबुर रहमान, मोहम्मद इब्राहिम, एलेटा किंग्सले, एमडी मतीन मिया, मोहम्मद अतिकुर रहमान, साहिदुल आलम, सोहेल राणा, साद उद्दिन, गहना राणा, टुतुल हुसैन, रहमत मिया, रियादुल हसन, यासिन अराफत, जमल भुया, राकिब होस्सान, मनिक होसेन मल्ल, राजाउल करिम, मोहम्मद अतिकुज्जमन, हर्षफुल इस्लाम राना, मेहेदी हसन र सुमन रेजा

माल्दिभ्स

गोलरक्षक : मोहम्मद फैसल, मोहम्मद शफीउ र अली नाजीह, 

डिफेन्डर : अहमद नोमान, हुसेन सिफउ युसुफ, हाइशाम हसन, अक्रम अब्दुल घनी, समोह अली र गसिम सम्माम

मिडफिल्डर : अशद अली, इब्राहिम खइसम, मोहम्मद उमर, हुसेन निहान, हमजा मोहम्मद, इस्माइल ईसा र इब्राहिम वाहिद हसन।

फरवार्ड : हसन रईफ अहमद, मोहम्मद नाइम, इब्राहिम महदी हुसेन, असदुल्ला अब्दुल्ला, अली फासीर, अली अशफाक, नाइज हसन र अली हाइशाम

प्रकाशित: Oct 01, 2021| 08:25 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।