सोमबार, असार २२, २०८३

बराबरी भएपछि ईपीएलमा ललितपुर र भैरहवाले अंक बाँडे

ललितपुर प्याट्रिओट्स र भैरहवा ग्ल्याडिएटर्सको खेलमा दुवै टिमले समान १७७ अंक बनाएपछि अंक बाँडेका छन्।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं– ललितपुर प्याट्रिओट्स र भैरहवा ग्ल्याडिएटर्सको खेलमा दुवै टिमले समान १७७ अंक बनाएपछि अंक बाँडेका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भर्खरै सम्पन्न ईपीएलको खेलमा ललितपुरले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर १७७ रन बनाएको थियो। जवाफी ब्याटिङमा भैरहवाले पूरा ओभर खेल्दै ५ विकेटको क्षतिमा १७७  रन नै बनाएपछि खेल बराबरी भएको हो।

त्यसपछि सुपर ओभर हुनुपर्नेमा आवश्यक मात्रामा प्रकाश नहुँदा सुपर ओभर हुन नसकेको हो। यससँगै दुवै टिमले १–१ अंक बाँडेका छन्

ललितपुरका सन्दुम वेराकोडीले ४१ बलमा ५ छक्का र २ चौकासहित ५८ रन बनाए। त्यस्तै, अजमुतल्लाह ओमरजाईले ४२, सन्दीप जोराले ३८ र ओशाडो फर्नान्डेसले २० रन बनाएका छन्।

टस जितेर फिल्डिङ रोजेको भैरहवाका धम्मिका प्रसाद, कृष्ण कार्की र आरिफ सेखले समान १–१ विकेट गिराए। अभिनास बोहराले अन्तिम ओभरमा २ विकेट गिराएका थिए। कुशल भुर्तेल र सन्दीप जोरा रन आउट भए। 

जवाफी ब्याटिङमा भैरहवाका उपुल थरंगाले ६७  रनको अर्धसतकीय पारी खेले। त्यस्तै, आरिफ शेखले २८ र तामिम इक्वालले १४ रन जोडे। कुशल मल्लले पनि ३५ रन बनाए।

बलिङतर्फ ललितपुरका रशिद खान र रिजन ढकालले क्रमशः  ३ र २ विकेट गिराए। 

यससँगै भैरहवाले ३ खेलबाट ४ अंक जोडेको छ। ललितपुरले १ अंक जोड्दै तालिकाको पुछारबाट १ स्थान माथि छ। ललितपुरले ईपीएलमा तीन खेल खेलेर २ मा हार र १ बराबरी गरेको छ।

अब प्लेअफमा पुग्न उसलाई जित्नैपर्ने दबाब छ। उसले जित निकाले पनि शीर्ष ४ मा पुग्न अन्य टिमको अंकमा भर पर्नु पर्नेछ।

प्रकाशित: Sep 30, 2021| 17:55 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।