सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ईपीएलमा आज दुई खेल: पुछारका ललितपुर र विराटनगरलाई जितको चिन्ता

ईपीएलमा आज दुई खेल: पुछारका ललितपुर र विराटनगरलाई जितको चिन्ता

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदैछन्।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदैछन्।

National life

शुक्रबारका दुई खेलमध्ये बिहान साढे नौ बजे हुने खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्स भिड्दैछन्।

आजको खेलमा जित निकाल्दै विराटगनर जितको सुरुआत गर्न चाहन्छ। किनेभने अहिलेसम्म विराटनगरले जित निकाल्न सकेको छैन।

पछिल्लो खेलमा हार बेहोरेपछि विराटनगरका कप्तान करण केसीले भनेका थिए, ‘दुई खेलमा लागातार हार बेहोरिएको छ। अब जित निकाल्नै पर्ने दबाब पनि छ। अबको खेलमा जित निकाल्ने हिसाबले खेल्नेछौं।’

कप्तान केसीले आफूले व्यक्तिगत प्रदर्शनमा पनि सुधार गर्ने बताएका थिए। तालिकामा शून्य अंकका साथ विराटनगर पुछारमा छ। त्यस्तै, ललितपुरका कप्तान कुशल मल्ल पनि यो संस्करणमा ब्याटिङमा चल्न सकेका छैनन्।

Laxmi sunrise bank
kumari

उनले तीन नै खेलमा सम्झनलायक प्रदर्शन गर्न सकेनन्। त्यसैले उनी पनि व्यक्तिगत प्रदर्शनमा सुधार गर्दै अंकतालिकामा माथि पुग्ने सोचमा छन्।

‘ललितपुर साबिक विजेता हो। हाम्रो सोच विजेता हुने नै छ। त्यसको लागि पहिला प्ले अफमा पुग्नु जरुरी हुन्छ,’ उनले काठमाडौंसँग पहिलो हार बेहोरेपछि भनेका थिए। हिजो बिहीबारको खेलमा भैरहवा ग्लाडिएटरसँग बराबरी गरेपछि ललितपुरले एक अंकका साथ खाता खोलेको छ।

आजको दोस्रो खेल साढे १ बजे सुरु हुनेछ। दोस्रो खेलमा पोखरा राइनोजले चितवन टाइगर्सको सामना गर्नेछ।

अहिले ईपीएलमा पोखरा राइनोज तीन अंकका साथ तेस्रो स्थानमा छ भने ४ अकं बनाएको चितवन टाइगर्स दोस्रो स्थानमा छ। यदि आजको खेलमा चितवन टाइगर्सले जित निकाल्न सकेको अवस्थामा ऊ प्ले अफको नजिकमा पुग्नेछ।

प्रकाशित: Oct 01, 2021| 07:35 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।