अब लिगको उद्घाटन खेल मंसिर ३ गते पौने ५ बजे दशरथ रंगशालामा हुनेछ। सो दिन एक खेलमात्र हुनेछ। उद्घाटन खेलमा फ्रेण्ड्स क्लबले सातदोबाटो युथ क्लबको सामना गर्नेछ।
प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता आजबाट सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन पुरुष ६० केजीमा नक्सालका विजय थापा पहिलो भएका छन्।
खेलाडीको बल, दौड र अभ्यासमा निकै अब्बल देखिएको ललितपुरलाई हराउनु धनगढीको लागि चानचुनै कुरै थिएन। तर खेलभरि हाबी भइन् धनगढीकी कप्तान एवं डिफेन्डर रेविका पाण्डे।
आइतबार राति दुबईमा भने केही फरक देख्न पाइनेछ। जहाँ दुई पुराना स्कुरले साथी स्टोइनिस र मिचेल विश्वकप फाइनलमा भिड्दै हुनेछन् भने अस्ट्रेलिया टिमको प्रशिक्षक बनेर ल्याङगर खेल हेरिरहेका हुनेछन्।
फिफा विश्व वरियताको एक नम्बरमा रहेको बेल्जियमले अर्को वर्ष हुने कतार विश्वकपमा स्थान पक्का गरेको छ। शनिबार राति सम्पन्न खेलमा बेल्जियमले इस्टोनियालाई ३–१ गोलले हराउँदै विश्वकपमा स्थान बनाएको हो।
अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा फ्रान्सले समूह चरणमा स्थान पक्का गरेको छ। शनिबार राति सम्पन्न खेलमा जित निकाल्दै फ्रान्सले कतारको यात्रा तय गरेको हो।