आइतबार, असार २१, २०८३

नेपाल र मलेसिया भिड्दै, छनोट पार गर्न जित्नै पर्ने दबाब

दुबईस्थित आईसीसीको एकेडेमीमा हुने खेलमा नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं- आईसीसी विश्वकप २०२३ को एसिया छनोटअन्तर्गत शुक्रबार नेपालले मलेसियाको समना गर्दैछ। दुबईस्थित आईसीसीको एकेडेमीमा हुने खेलमा नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो।

शुक्रबारको खेल बिहान सवा ११ बजे सुरु हुनेछ। नेपालले यसअघि नै एक खेलमा हार बेहोरिसकेको छ। छनोटको शीर्षस्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने लक्ष्य लिएको नेपालले पहिलो खेलमा नै हङकङसँग हार बेहोरेको हो।

पहिलो खेलमा हार बेहोरे पनि दोस्रो र तेस्रो खेलमा नेपालले सानदार जित निकालेको छ। नेपाले कुवेतलाई ९ विकेटले हराएको थियो भने भुटानलाई आठ विकेटले हराएको थियो।

यो छनोटको विजेता टिम ग्लोबल छनोटमा पुग्नेछ। ग्लोबल छनोटबाट छानिएको टिले भने २०२३ मा दक्षिण अफ्रिकामा हुने टी २० विश्वकप खेल्न पाउनेछ।

अहिलेसम्मको तालिका अनुसार घरेलु टिम यूएई ६ अंकका साथ शीर्षस्थानमा छ भने ४ अंक बनाएको नेपाल दोस्रो स्थानमा छ। हङकङ पनि चार अंकका साथ तेस्रो स्थानमा छ। समान २,२ अंक भएका मलेसिया र भुटान चोथो र पाँचौ स्थानमा छन्।

जितविहिन कुवेत भने तालिकाको पुछारमा छ। अब नेपाललाई छनोटमा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ। किनभने आउँदो खेलमा यूएईले तालिकाको अन्तिममा रहेको कुवेतको सामना गर्नेछ।

छनोटकै सबैभन्दा कमजोर टिमलाई हराउने यूएईको सम्भावना बलियो छ। त्यस्तै नेपालले अन्तिम खेलमा पनि यूएईलाई हराउन सके, नेट रन रेटमा अघि रहँदै नेपाल ग्लोबल छनोटमा पुग्नेछ।

प्रकाशित: Nov 26, 2021| 08:40 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।