आइतबार, असार २१, २०८३

सहिद स्मारक लिगमा थ्रीस्टारमाथि सातदोबाटोको डेब्यू जित

सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं– सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्ष डिभिजनको लिगमा पहिलो जित निकालेको हो। 

सातदोबाटोको जितमा सुदीप गुरुङले निर्णायक गोल गरेका थिए। ३०औं मिनेटमा अजयी मार्टिनको पासमा सुदीपले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार गोलमा परिणत भएको थियो। गत वर्ष ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटोको यो पहिलो जित हो। 

थ्री स्टारको भने यो पहिलो हार हो। लिगको पहिलो खेलमा थ्रीस्टार च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित भएको थियो। बाँकी समय दुवै टोलीले गोलको केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। पहिलो हाफमा एक शून्यले अग्रता लिएको सातदोबाटो दोस्रो हाफमा झनै आक्रामक बनेको थियो। 

जितसँगै दुई खेलबाट ४ अंक बनाएको सातदोबाटो शीर्ष स्थानमा उक्लिएको छ। आजै हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्दैछन्। 

 

प्रकाशित: Nov 26, 2021| 15:31 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।