आइतबार, असार २१, २०८३

अन्तिम समयमा गोल गर्दै बार्सिलोनाले भिल्लाबाट खोस्यो जित

सुरुआति अग्रता बनाए पनि ७६औं मिनेटमा अग्रता गुमाएको बार्सिलोनाले शनिबार राति जित निकालेको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं– सुरुआति अग्रता बनाए पनि ७६औं मिनेटमा अग्रता गुमाएको बार्सिलोनाले शनिबार राति जित निकालेको छ।

भिल्लारियलको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले ३–१ गोलको जित निकालेको हो। जितका लागि मेम्मिफिस डिपायले निर्धारित समय सकिनुभन्दा दुई मिनेट अघि गोल गरे।

त्यस्तै, फिलिप काउटिन्होले खेलको चोटिल समयमा गोल गरेर बार्सिलोनाको गोलअन्तरलाई बढाएका थिए। काउटिन्होको गोलसँगै बार्सिलोनाले ३–१ गोलको जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफको सुरुमै बार्सिलोनाले अग्रता बनाएको थियो। अग्रताका लागि फ्रांकी डि जोङले गोल गरेका थिए। त्यसपछि भिल्लाका सामुएल चुक्वेइजेले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए।

बार्सिलोनाले शनिबार जित निकाले पनि ऊ अहिले सातौं स्थानमा छ। उसले १४ खेलबाट २३ अंक जोडेको छ। बार्सिलोना शीर्षस्थानको रियल मड्रिडभन्दा ७ अंकले पछि छ। भने चौथो स्थानको एट्लेटिको मड्रिडभन्दा तीन अंकले पछि छ।

ला लिगामा शनिबार रातिको खेलमा सेल्टा भिगोले ती निकालेको छ भने मायोर्का र गेटाफे बराबरीमा रोकिएका छन्। भ्यालेन्सिया र रायो भालेक्कानोले पनि बराबरी खेलेका छन्।

प्रकाशित: Nov 28, 2021| 08:15 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।