काठमाडौं– मलेसियासँग टस जितेर फिल्डिङ राजेको नेपाली महिला टिमले ९३ रनको लक्ष्य पाएको छ। दुबईस्थित आईसीसीको क्रिकेट एकेडेमीमा आज बिहान सवा ११ बाट सुरु भएको नेपालले ९३ रनको लक्ष्य पाएको हो।
आईसीसी विश्वकप २०२३ को एसियाली छनोट अन्तर्गत नेपालसँगको खेलको पहिलो पारीमा मलेसियाले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर ९२ रन बनाएको छ। पहिलो पारीमा मलेसियाका एल्सा हनटरले अविजित ३९ रन बनाइन्। त्यस्तै, योसरिना याकुपले १२ र मास एल्साले १४ रन बनाएकी थिइन्। मलेसियाले नेपाललाई अतिरिक्त १६ रन दिएको छ।
नेपालका लागि सबनम राईले दुई विकेट लिइन भने सिता राना मगर, रुविना क्षेत्री र कविता कुँवरले समान १–१ विकेट लिए। मलेसियाका वान जुलिया र महिराह हसिम रनआउट भए।
नेपालले आज जित निकाल्न सके अंकतालिकामा छ अंक बनाउने छ। नेपालले यसअघि नै एक खेलमा हार बेहोरिसकेको छ। छनोटको शीर्षस्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने लक्ष्य लिएको नेपालले पहिलो खेलमा नै हङकङसँग हार बेहोरेको हो।
पहिलो खेलमा हार बेहोरे पनि दोस्रो र तेस्रो खेलमा नेपालले सानदार जित निकालेको छ। नेपाले कुवेतलाई ९ विकेटले हराएको थियो भने भुटानलाई आठ विकेटले हराएको थियो।