आइतबार, असार २१, २०८३

ए डिभिजन लिगमा जावलाखेलले पुलिसको सामना गर्ने

सहिद स्मारक ए डिभिजन लिग २०७८ मा उपाधिको लक्ष्यसहित प्रतियोगितामा होमिएको विभागीय टिमको नेपाल पुलिस क्लब। तर उसले पहिलो खेलमा जित निकाल्न सकेन।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग २०७८ मा उपाधिको लक्ष्यसहित प्रतियोगितामा होमिएको विभागीय टिमको नेपाल पुलिस क्लब। तर उसले पहिलो खेलमा जित निकाल्न सकेन।

पहिलो खेलमा साबिक उपविजेता मछिन्द्र क्लबसँग १–१ गोलको बराबरी खेलपछि उसले आजको खेलमा जित निकाल्दै लिगमा उपाधिका यात्रा अघि बढाउन चाहन्छ। तर पुलिसलाई आज जित निकाल्न सजिलो छैन।

साँझ पौने ५ बजे दशरथ रंगशालामा सुरु हुने खेलमा उसले जवालाखेललाई प्रतिद्वन्द्वी रूपमा पाएको छ। जावालाखेल आफ्नो सुरुआति खेलमै पराजित भएको थियो।

त्यसैले ऊ पनि आजको खेलमा जित निकाल्न चाहन्छ। जावलाखेल यूथ क्लबका प्रशिक्षक किशोर कुमार केसी पनि जितकै लागि खेल्ने बताउँछन्। उनी भन्छन्, ‘नेपाल पुलिससँग राम्रो गर्ने नै हो। जसरी पनि मलाई तीन अंक चाहिएको छ। त्यसका लागि जुनै पनि औजारहरू प्रयोग गर्नेछु।’

लिगको सुरुआतमै लगातार हार बेहोर्नुले टिमको आत्मविश्वास खलबलिन्छ। त्यसैले पनि पछिल्लो हार टार्नलाई जवलाखेललाई जित आवश्यक छ। ‘आर्मी र पुलिसको खेल मैले हेरेँ। ‘इन्स्टान्ट’ भन्ने खेल मूल्याङ्कन गर्ने आएको छ। मैले त्यो प्रयोग गरेर हेरेँ,’ केसले भने, ‘त्यही अनुसारको रणनीति छ।’

उनले विभागीयलाई मात्र बलियो भन्न नसकिनले र पहिलो चरणमा १४ टिम नै बलियो रहको पनि बताए छ।

यता पुलिसका प्रशिक्षक अन्नत थापाले लिग पहिले नै आफ्नो लक्ष्य उपाधि रहेको बताएका छन्। त्यसैले उपाधि यात्रामा दौडनका लागि उनलाई आजको जित अत्यावश्यक छ।

प्रकाशित: Nov 28, 2021| 08:35 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।