काठमाडौं- नेपाली महिला टिमले मलेसियासँग टस जितेर फिल्डिङ राजेको छ। दुबईस्थित आईसीसीको क्रिकेट एकेडेमीमा आज सवा ११ बाट सुरु हुने खेलका लागि नेपालले पहिले फल्डिङ गर्ने भएको हो।
नेपालले आज जित निकाल्न सके तालिकामा छ अंक बनाउने छ। नेपालले यसअघि नै एक खेलमा हार बेहोरिसकेको छ। छनोटको शीर्षस्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने लक्ष्य लिएको नेपालले पहिलो खेलमा नै हङकङसँग हार बेहोरेको हो।
पहिलो खेलमा हार बेहोरे पनि दोस्रो र तेस्रो खेलमा नेपालले सानदार जित निकालेको छ। नेपाले कुवेतलाई ९ विकेटले हराएको थियो भने भुटानलाई आठ विकेटले हराएको थियो।
हङकङसँग बेहोरेको हारले नेपाललाई ठूलो क्षति भएका छ।