आइतबार, असार २१, २०८३

आईसीसी विश्वकप २०२३ को एसिया छनोटबाटै बाहिरियो नेपाल

अन्तिम खेलमा यूएईसँग हार बेहोर्दै नेपाल आईसीसी विश्वकपको एसियाली छनोटबाटै बाहिरिएको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं– अन्तिम खेलमा यूएईसँग हार बेहोर्दै नेपाल आईसीसी विश्वकपको एसियाली छनोटबाटै बाहिरिएको छ। छ टिम सम्मिलित छनोट प्रतियोगितामा दोस्रो स्थानमा समेटिएपछि नेपाल ग्लोबल छनोटमा पुग्नबाट पनि बञ्चित भएको हो।

आइतबार दिउँसो यूएईको आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस जितेर फिल्डिङ राजेको नेपालले आयोजक टिमसँग ४८ रनको हार बेहोरेको हो।

टस हारेर ब्याटिङको अवसर पाएको यूएईले पूरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२७ रन बनाएको थियो। जवाफमा १९ ओभर चार बल खेल्दै सम्पूर्ण विकेट गुमाएर नेपाल ७९ रनमा समेटियो। नेपाललाई ४८ रनले हराएको यूएई एसियाली छनोटमा अपराजित रहँदै विश्वकपको ग्लोबल छनोटमा पुगेको छ। यूएईले पाँच खेलमा शतप्रतिशत जित निकाल्दै १० अंक बनायो।

यूएईले जित निकालेपछि छनोटको बाटोमा रहेको हङकङ पनि बाहिरिएको छ। आज भएको खेलमा उसले सबैभन्दा कमजोर टिम कुवेतसँग खेल्दैछ। त्यो खेलमा जित निकाले पनि हङकङ ग्लोबल छनोटमा पुग्नेछैन। 

खेलमा यूएईका तीर्था सतिसले ४७ रन बनाइन् भने कविशा इगोडाजीले २२ रन जोडिन्। त्यस्तै, चम्मानी सेनेवितात्नाले ५२ रन जोडिन्। त्यसक्रममा नेपाली बलर कविता कुँवरले दुई विकेट लिइन् भने सबनम राई, सिता राना मगर र संगीता राईले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा नेपालका कुनै खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। कप्तान क्षेत्री दुई रनमै आउट हुँदा सिता राना १३ र कविता कुँवर चार रनमै आउट भए। इन्दु वर्माले १५ रन बनाउँदा सरिता मगर र काजल श्रेष्ठले समान ८–८ रन जोडे।

बलिङतर्फ समाइरा धनिधर्काले चार विकेट लिइन भने छाया मुग्हले एक विकेट गिराइन्। खुसी शर्मा र चमनी सेनेविरत्नाले समान दुईदुई विकेट लिइन्। 

प्रकाशित: Nov 28, 2021| 14:33 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।