आइतबार, वैशाख ७, २०८२

मनाङको हप्ताभरको अभ्यास, जुन गोलपछिको उत्सवले देखायो

खेलको ३२ औं मिनेटमा मनाङले फ्रि-किक पाएको थियो। तर त्यस्तै खालको विपक्षीको फलबाट आफूले फ्रि-किक नपाएको भन्दै टचलाइनमा शेर्पाका प्रशिक्षक राई निकै आक्रामक बनेका थिए। उनले टेक्निकल एरियाबाट टचलाइन पार गरेपछि पहेँलो कार्डको सजायसमेत पाए।
 |  शनिबार, मंसिर ११, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

शनिबार, मंसिर ११, २०७८

vianetvianet

काठमाडौं- मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक राजेन्द्र तामाङको टिमले सेट पिसमा गोल निकाल्नका लागि हप्ताभर यत्‍न गरेको थियो। जुन शनिबार साँझ हिमालयन शेर्पाको पेचिलो डिफेन्सअघि अत्यावश्क पनि थियो। खेलको ८७ औं मिनेटमा त्यही प्रयोगमा कप्तान अन्जन विष्टले बनाएको योजनाबाट मनाङले हिमालयन शेर्पाविरुद्ध गोल गर्‍यो। र, लिगमा दोस्रो जित दर्ता गर्‍यो।

triton college

दशरथ रंगशालामा शनिबारको त्यो एक गोल मनाङको हप्ताभरको अभ्यासको फल थियो। टेक्निकल क्षेत्रमा रहेका सबैले गोलको जमेर उत्सव बनाए। उत्सव मनाउन मैदानको कुनामा पुगेका प्रशिक्षकको टिमलाई खेदाउन रेफ्री प्रकाशनाथ श्रेष्ठलाई हम्मेहम्मे परेको थियो।

‘हप्ताभर सेटपिसको अभ्यास गरेको थियौँ। सफल भएपछि खुसी लागेर त्यो उत्सव मनाएको हो,’ प्रशिक्षक तामाङले खेलपछि भने।

तीन हजार समर्थकमाझ मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पाबीचको शनिबार राति भएको खेलमा दुबै टिमले आक्रामक सुरुआत गर्न सकेनन्। सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा जावलाखेलविरुद्ध साँघुरो जित निकालेको मनाङले दोस्रो खेलमा शेर्पालाई सुरुबाटै दबाब बनाउन नसकेपछि खेल पहिलो हाफमै बराबरी भयो।

खेलपछि हिमालयन शेर्पाका प्रशिक्षक युगल किशोर राईले आजको खेलमा दुबै टिमलाई राम्रो देखाउने हुटहुटी रहेको बताएका छन्। उनले भने, ‘आजको दुबै टिम आफूलाई प्रबल दखाउन आएको थियो। यसमा मैले मनाङको गुणस्तर राम्रो देखेँ।’

National life insurance

पहिलो हाफ बराबरीको खेलमा सुरुवाती २० मिनेटपछि दुबै टिमले केही राम्रा अवसरहरु खेर फाल्यो। २७ औं मिनेटमा कप्तान अन्जन विष्टको प्रयास पोस्टबाट बाहिर गएको थियो।


त्यस्तै, ३२ औं मिनेटमा मनाङको एक फ्रि-किक प्रहारले पनि पोस्टको दिशा लिन सकेन। पहिलो हाफको स्टपेज समयमा ओलावालेको फितलो प्रहार गोलकिपर दीप कार्कीले सहजै बचाए।

खेलको ३२ औं मिनेटमा मनाङले फ्रि-किक पाएको थियो। तर त्यस्तै खालको विपक्षीको फलबाट आफूले  फ्रि-किक नपाएको भन्दै टचलाइनमा शेर्पाका प्रशिक्षक राई निकै आक्रामक बनेका थिए। उनले टेक्निकल एरियाबाट टचलाइन पार गरेपछि पहेँलो कार्डको सजायसमेत पाए।
मनाङका प्रशिक्षक राजेन्द्र तामाङले हिमालयन शेर्पाको पेचिलो डिफेन्स थाहा पाएर त्यही अनुसारको रणनीति बनाए पनि पहिलो हाफमा सफल नभएको बताए। उनले भने, ‘उनीहरुले जुन मार्किङ गरिरहेका थिएँ, त्यसले काम गर्‍यो। हाम्रो लागि पहिलो हाफ राम्रो भएन, खेलाडी पनि पहिलो हाफमा मैदान छिरेकाले त्यति राम्रा गर्न सकेनन्। मलाई पहिले नै थाहा थिया कि शेर्पाले पेचिलो डिफेन्स राखेको थियो।’

यता हिमालयन शेर्पाले पहिलो हाफमा केही काउन्टर अट्याकको प्रयास गरे पनि सफल भए। त्यसबाहेक ४१ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले प्रहार गरेको फ्रि किक पोस्टको फ्रेममा परे पनि गोलकिपर विशाल सुनारले बचाए। त्यतिबेला फर्किएर आएको बल उलरिच सिवेईले हेडरमार्फत् पोस्टतर्फ नै प्रहार गर्दा फेरि बललाई गोलकिपरले रक्षा गरे।

खेलको ३२ औं मिनेटमा मनाङले फ्रि-किक पाएको थियो। तर त्यस्तै खालको विपक्षीको फलबाट आफूले  फ्रि-किक नपाएको भन्दै टचलाइनमा शेर्पाका प्रशिक्षक राई निकै आक्रामक बनेका थिए। उनले टेक्निकल एरियाबाट टचलाइन पार गरेपछि पहेँलो कार्डको सजायसमेत पाए।

पहिलो हाफको तुलानामा दोस्रो हाफ आक्रामक रह्यो। जहाँ, मनाङले हिमालयन शेर्पामाथि निरन्तर दबाब बनाइरह्यो। सुरुबाटै रोमाञ्चक बनेको दोस्रो हाफको ५५ औं मिनेटमा कप्तान अन्जन विष्टले बल दयादन्द सिंहलाई पास दिए। सिंहको क्रस पोस्टको नजिकै रहेका अफ्रिकन खेलाडी एडिलेजा सोमिडेले पाए। सोमिडेले हेडमार्फत् गरेको प्रहार फ्रेममा पर्नै सकेन।

त्यसको अर्को मिनेट चाहीँ मनाङका लागि बिर्सनलायक रह्यो। पोस्टको दायाँबाट विमल रानाले गरेको गोललाई रेफ्री प्रकाश नाथ श्रेष्ठले मान्यता दिएनन्। कारण रह्यो, अफसाइड। गोलरहित बराबरीको अवस्थामा मनाङले गोल गर्न सकेन। खेलको ६१ औं मिनेटमा निशान लिम्बूको प्रहार गोलकिपर कार्कीले बचाए।

७० औं मिनेटमा हिमालयन शेर्पाले निकै सुनौलो अवसर गुमायो। आशिष गुरुङले दिएको बल मुटाम्बा पिस्तोने भुनाईले चेस्ट कन्ट्रोल गरेर प्रहार गरेका थिए। पेनाल्टी बक्स भित्रबाट गरिएको प्रहार पोस्टबाट निकै बाहिर गयो। दोस्रो हाफमा हिमालयन शेर्पाले पाएर गुमाएको यो नै महत्वपूर्ण अवसर रह्यो।

आफ्नो टिमका फरवार्डको प्रदर्शनबारे प्रशिक्षक राई भन्छन्, ‘फरवार्ड लाइनमा केही कमी छ। जे होस् हामी डिसिप्लेन फुटबल खेल्छौं। केही समस्या रहे पनि हामी सिस्टमलाई चेन्ज गर्दैनौं।’

खेलको ८३ औं मिनेटमा निशान लिम्बुको क्रसलाई दिपक राईले पोष्टमा प्रहार गरेका थिए। उनको प्रहार गोलकिपर कार्कीले मुश्किलले बचाए। त्यसपछि मनाङले कर्नर पायो। त्यो कर्नर नै खेलको निर्णायक बन्यो। पुजन उपरकोटीले कर्नरबाट पठाएको बललाई निशानले ओलावाले अफिजललाई गोलका लागि उपलब्धि गराए। ओलावालेको प्रहारअघि गोलकिपर कार्की निरिह रहे।

दशरथ रंगशालामा तीन हजार दर्शकबीच मनाङले गोल गर्यो र लिगमा दोस्रो जित निकाल्यो। प्रशिक्षक तामाङले पछिल्लो समय अभ्यास गरिरहेको सेट पिस नै शनिबारको जितको नायक रहेको बताएका छन्। उनले भने, ‘पहिलो हाफमा विङमा क्रस नगरेर असफल भएको हो। पछि चाहिँ परिवर्तन गरेर क्रसमा हामी सफल भयौँ। खासमा हामीले सेट पिस ध्यान दिइरहेका छौं। हामी सेट पिसले नै गोल गर्छौं भनेर आएका थियौँ।’

पहिलो खेलमा पनि १–० गोलअन्तरको जित निकालेको मनाङले शनिबार पनि उस्तै जित निकाल्यो। पहिलो खेल बराबरी खेलेको हिमालयन शेर्पाले भने अंक जोड्न सकेन।

खेलमा जित न निकाले पनि हिमालयन शेर्पाले आज फर्मेसनमा मजबुत रहेर फुटबल खेल्यो। खेलभरी टचलाइनमा बसेर खेल नियालेका प्रशिक्षक राईले खेलपछि भने, ‘मेरो खेलाडीले यो प्रदर्शन लगातार राख्यो भने टिमको प्रदर्शन सेप पाउँछ। यो प्रदर्शनलाई निरन्तर दिन खोजिरहेका छौं। खेलमा खेल्दाखेल्दै प्रणाली फलो गरेको थियो। यसले राम्रो गर्छ।’

उनले आज फरवार्डमा कमजोरी रहे पनि डिफेन्समा केहि सुधार भएको बताए। आजको जितपछि मनाङका प्रशिक्षक खुसी छन्। 

तामाङ भन्छन्, ‘म्याच जितेपछि राम्रो लाग्छ। अस्तिको पहिलो खेलमा तालमेल मिलेलको थिएन, आज मिल्यो। आज हामीले धेरै अवसर पाएको हो। तर हिमालयन शेर्पाले हरेक कोणबाट डिफेन्स गर्यो। अट्याकमा सबैथोक मिलाएर खेल्न सकिन्दैन। तर खेलमा एउटा अवसर हो। त्यो सफल भयो।’

उनले फरवार्ड ओलावालेको प्रदर्शनमा चित्त बुझाएनन्। उनले भने, ‘ऊ अप्रेसन गरेर आएपछि स्लो भएको छ। यो तरिकाको फुटबल खेलायो भने हामी सक्दैनौ भन्‍ने नै हो। पछिल्लो प्रदर्शन हेरेर अफिजलाई नै मान्यता दिएको थियो। उसले नेपाली फुटबल बुझिसकेको छ।’

उनले लिगको पहिलो खेलमा मनाङ बलियो टिम हो र बलियो टिमका लागि रणनीति नै नचाहिने बताएका थिए। के शनिबारको खेलमा पनि रणनीति थिएन? जवाफमा उनले भने, ‘रणनीति त बनाउनु पर्छ नै। अस्तिचाहीँ जावलाखेलको खेल नदेखेर नबनाएको हो। हामीले अहिले ‘विङ प्ले खेल्ने’ रणनीति बनाएको थियौँ।’


प्रकाशित: Nov 27, 2021| 20:21 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।