शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फरवार्ड घाइते भएपछि आत्तिएको फ्रेन्ड्सविरुद्ध संकटाको पुनरागमन जित

फरवार्ड घाइते भएपछि आत्तिएको फ्रेन्ड्सविरुद्ध संकटाको पुनरागमन जित

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा फ्रेन्ड्स क्लबले संकटा क्लबसँग २–१ गोलको हार बेहोरेको छ।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा फ्रेन्ड्स क्लबले संकटा क्लबसँग २–१ गोलको हार बेहोरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा संकटाले जित निकालेको हो।

National life

जितपछि संकटाका प्रशिक्षक विष्णु गुरुङले टिम उत्साहित भएको बताएका छन्। उनले यो सिजन पहिलो पटक ए डिभिजन लिग सम्हालेका हुन्। यससँगै ए डिभिजनमा उनको पहिलो जित पनि हो। यसअघिको खेलमा संकटाले हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो।

‘खेल टफ थियो। जित निस्क्यो, ए डिभिजनमा जीवनको पहिलो जित हो। धेरै खुसी छु,’ उनले खेलपछि भने। जित निकाले पनि संकटाले पहिलो हाफमा धेरै अवसर गुमाएर एक गोल पनि बेहोरेको थियो।

खेलको सातौं मिनेटमा संकटाले निकै सुनौलो अवसर गुमायो। फोडे फोफानाको प्रहार फ्रेन्ड्सका गोलकिपर राउल रामचन्द्र यादवले बचाएका थिए। त्यहाँबाट रिबाउन्ड भएको बललाई जोर्डन जुनियर ओवोनाले गरेको प्रहार पनि सुटस्टपर यादवले बचाएका थिए।

पहिलो हाफको १८ औं, ३० औं र अन्तिम मिनेटमा संकटाले तीन मत्वपूर्ण अवसरमा गोल गर्न सकेनन्। १८ औं मिनेटमा फोफानाको प्रहार फ्रेन्डसका डिफेन्डरले क्लियर गर्न खोज्दा गोललाइनबाट बाहिरिएको थियो। त्यसपछि कर्नरबाट आएको बललाई जोर्डनले शक्तिशाली प्रहार गरे पनि गोलकिपर यादव गोल बचाउन सफल रहे।

Laxmi sunrise bank
kumari

४४ औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिक यादवको हातमा पुगेर फर्कियो। फर्किएको बललाई रुचालले नै पुनः प्रहार गरे पनि यादवले गोल हुन दिएनन्। संकटाका खेलाडीका लागि यादव निकै बलियो सुटस्टपर बने।

यता खेलको आठौं मिनेटमा फ्रेन्ड्का नाथनेल गर्सियाको प्रहारलाई संकटाका गोलकिपर राजा बाबु थापाले बचाएका थिए। १६ औं मिनेमा गोलको अवसर सदुपयोग गर्न नकसेका जमोउल एन्थोनी फ्रान्सिस्कोस ४१ औं मिनेटमा घाइते हुँदै बाहिरिएका थिए। त्यसबीच उनको एक बाइसाइकल प्रहार गोलकिपरको हातमा पुगरे रोकिएको थियो।

‘हाम्रो टिमको फरवार्ड बीचमै बाहिरिनु परेकाले दोस्रो हाफमा हामीलाई घाटा भयो। फरवार्ड जमोल एन्थोनी फ्रान्सिस्को हेमस्ट्रिङ इन्ज्युरीको कारण खेलको पहिलो हाफमै बाहिरिए, ’ प्रशिक्षक मृगेन्द्र मिश्रले भने,‘महत्वपूर्ण फरवार्ड बाहिरिएपछि बाँकी खेलाडीले उनीहरुकाले डिफेन्सलाई  दबाब दिन सकेनन्। हामीलाई पो दबाब दिए।’

धेरै अवसर खेर फालेको फ्रेन्ड् क्लबले ४२ औं मिनेटको अवसर भने खेर फालेन्। फोफानाले बक्सबाहिर दाइनेतर्फबाट प्रहार गर्दै पोस्टको बायाँ प्रहार गरेकोमा बारमा ठोक्किएर गोल पोस्टभित्र छिरेको थियो। नाथनेल गर्सिलोको शक्तिशाली प्रहारको संकटाका गोलकिपरले रक्षा गरेपछि फोफानाले गोल गरेका थिए। यो लिगमा फ्रेन्ड्सको पहिलो गोल थियो।

यता दोस्रो हाफको ५७ औं मिनेटमा संकटाले एक गोल पर्कायो। सुवास गुरुङको कर्नर प्रहारलाई सदुपयोग गर्दै निरज बस्नेतले खेललाई बराबरीमा ल्याए। निरजले लिगमा पहिलो गोल गरे।

खेलको ७१ औं मिनेटमा संकटाले गोलको अवसर गुमायो भने ७२ औं मिनेटमा फ्रेन्ड्सले त्यसरी नै अवसर खेर फल्यो। संकटाका फोफानाले पेनाल्टी बक्स भित्रबाट गरेको शक्तिशाली प्रहार गोलकिपरले बचाएका थिए। फ्रेन्ड्सका प्रकाश बुढाथोकीको प्रहार गोलकिपर थापाले रक्षा गरेका थिए।

खलको ८७ औं मिनेटमा फोडेनले गोल गरेर संकटालाई जित दिलाए। ‘हाम्रो खलाडीले विपक्षीलाई मार्किङ गर्न नसक्दा गोल खान पुग्यौँ। सिम्पल ब्याक पास मिस भएर हामीले हार्यौँ। हाम्रो पास सही ठाउँमा गएन। आज खेल्ने दुवै बराबरी टिम हो। उसको लकले साथ दियो जित्यो,’ फ्रेन्ड्सका प्रशिक्षक मिश्रले भने।

खेलको अन्तिम मिनेटमा प्रिजेन तामाङको प्रयास सफल भएन। उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो। इन्ज्युरी समयमा गर्सियाको हेडर पनि पोस्टबो साइडबाट बाहिरियो। यससँगै फ्रेन्ड्स पराजित भयो।

यता संकटाले लिगमा ४ अंक जोडेको छ भने फ्रेन्ड्सको एक अंक मात्र छ। संकटा लिगको शीर्षस्थानमा उक्लिएको छ।

फ्रेन्ड्स मृगेन्द्र मिश्रले आफूले अग्रता बनाएर पनि त्यसलाई जोगाउन नसक्नु दुखद् रहेको बताएका छन्। उनले भने, ‘हामीले पहिलो गोल गरेका थियौँ। अग्रता बनाए पनि जित्न सकिएन।’

उनले थपे, ‘डिफेन्स ठिकै हो। मार्किङ को समस्या हो। नयाँ खेलाडी पनि छिराएँ। हाम्रो टिममा नयाँ छन् खेलाडी। एउटै त अनुभवी खेलाडी छन् प्रकाश बुढाथोकी। अर्को पटक राम्रो प्रदर्शन गर्ने भन्ने आशा छ।’

संकटा प्रशिक्षक विष्ण गुरुङले खेलपछि भने, ‘केटाहरुले राम्रो खेले। सुरुआतमा गोल खाइएला भन्ने सोचेको थिएन। हामी तीन अंकका लागि आएको थियौँ।’ उनले आफ्नो टिममा केही गुणस्तियरिय खेलाडी भएकाले पहिलो गोल आएपछि पनि नआत्तिकन खेल्दै जित निकालेको बताएका छन्।

प्रकाशित: Nov 26, 2021| 20:31 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।