आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बुन्डेसलिगामा हाल्यान्डले बनाए कीर्तिमान, बायर्नले पनि तोड्यो ४४ वर्षको रेकर्ड

बुन्डेसलिगामा हाल्यान्डले बनाए कीर्तिमान, बायर्नले पनि तोड्यो ४४ वर्षको रेकर्ड

नर्वेका फरवार्ड इर्लिङ हाल्यान्ड जर्मन बुन्डेसलिगामा ५० गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। शनिबार राति उल्भ्सको मैदानमा घरेलु टिमविरुद्ध बोरुसिया डर्टमन्डलाई जित दिलाउन क्रममा एक गोल गर्दै हाल्यान्डले ५० गोलको कोशेढुंगा पार गरे।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं– नर्वेका फरवार्ड इर्लिङ हाल्यान्ड जर्मन बुन्डेसलिगामा ५० गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। शनिबार राति उल्भ्सको मैदानमा घरेलु टिमविरुद्ध बोरुसिया डर्टमन्डलाई जित दिलाउन क्रममा एक गोल गर्दै हाल्यान्डले ५० गोलको कोशेढुंगा पार गरे।

उनले खेलको अन्तिममा गोल गरेसँगै डर्टमन्डले ३–१ गोलको जित निकालेको हो। नर्वेका युवा फरवार्डले २१ वर्ष १२९ दिनमा ५० गोल गरे। उनले पछिल्लो ७ खेलमा १० गोल गरेका छन्। मध्य अक्टोबरबाट घाइते भएपछि उनी अहिले चोटलाई पराजित गर्दै खेलमा फर्किएका हुन्।

 शनिबार रातिको खेलमा वाउट वेघ्रस्टले उल्भ्सबर्गलाई सुरुआति अग्रता दिलाएका थिए। तर पेनाल्टीको सहयोगमा इम्री क्यानले खेललाई पहिलो हाफमै बराबरीमा ल्याए।

दोस्रो हाफमा डोनियल मलनले खेलको नतिजालाई पाहुना टिमको पोल्टामा पार्‍यो। अन्तिममा हाल्यान्डले गोल गरेपछि डर्टमन्डले जित निश्चित गर्‍यो। जितसँगै डर्टमन्ड लिगको शीर्षस्थानमा पुगेको थियो।

तर शनिबार रातिको अर्को खेलमा बायर्न म्युनिखले अर्मेनियालाई हराउँदै डर्टमन्डलाई उछिनेर शीर्षस्थान कब्जा जमायो।

बायर्नको जितमा लेरोय सनो नायक रहे। उनको गोलसँगै बायर्नल ४४ वर्षको रेकर्ड तोडेका छन्। यो वर्ष बायर्नल १०२ बुन्डेसलिगा गोल गरेको छ। यसअघि १९७७ मा कोल्नले १०१ गोल गरेको थियो।

अहिले लिगको अंकतालिकामा ३० बनाएको डर्टमन्ड बार्यभन्दा एक अंकले पछि छ।

प्रकाशित: Nov 28, 2021| 07:50 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।