काठमाडौं- एक वर्षअघि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले उल्भरह्याम्टनमा खेलिरहेका पोर्चुगिज फरवार्ड डिओगो जोटालाई आफ्नो टिममा अनुबन्ध गरे। जोटालाई लिभरपुलले सस्तैमा अनुबन्ध गरेको थियो।
तर लिभरपुलमा अनुबन्ध भएपछि जोटाको प्रदर्शन सधैँ उत्कृष्ट रह्यो। आज लिभरपुलले किन यसरी जित निकालिरहेको छ ? त्यसको जवाफ खोज्ने भने हो भने जोटाको योगदान पनि प्रशंसनीय हुनेछ। उनले शनिबार रातिको खेलमा दुई गोल गरे। र, यो सिजनको प्रिमियर लिगमा उनले सात गोल पुर्याए।
घरेलु एनफिल्ड रंगशालामा साउथह्याम्टनलाई ४–० गोलले हराउने क्रममा उनले दुई गोल गरेका थिए। खेलको दोस्रो र ३२औं मिनेटमा जोटाले गोल गरे। त्यसपछि थियागो अलकान्तराले ३७औं मिनेटमा गोल गरेपछि लिभरपुलले पहिलो हाफमै शून्यका विरुद्ध तीन गोलको अग्रता बनायो। दोस्रो हाफमा भान डाइकले एक गोल थपे।
र, लिभरपुलले सानदार जित निकाल्यो। यो सिजनमा लिभरपुलले हरेक खेलमा कम्तीमा पनि दुई गोल गरिरहेको छ। उसले यो आँकडा पछिल्लो १७ खेलबाट कायम राखेको छ।
यो सिजन पनि लिभरपुलले १३ खेलबाट ३९ गोल गरिसकेको छ। लिभरपुलले यति उच्च स्तरमा गोल गरेको यो नै पहिलो पटक हो। उसले दुई सिजनअघि पनि यसरी नै उच्च अंकमा गोल भने गरेको थियो। अहिले त्योभन्दा केही उच्च स्कोरिङ गरिरहेको छ लिभरपुलले।
गोलस्कोरमा लिभरपुलका मोहम्मद सलाह सधैँ अघि रहन्छन्। तर पछिल्लो समय फरवार्ड लाईतमा साडियो माने, सालाह र जोटाको सहकार्य मजबुत बन्दै गएको छ।
त्यसअघि जोटाको ठाउँमा रोबर्टो फर्मिनो खेल्ने गर्थे। उनको प्रदर्शन पनि कमको थिएन। तर अहिले त्यो पोजिसन जोटाले आफ्नो बनाएका छन्। ‘जोटा एक असाधारण खेलाडी हुन्,’ शनिबारको खेलपछि प्रशिक्षक क्लोप भन्छन्, ‘उनी लिभरपुलको उत्कृष्ट अनुबन्ध हो। लिभरपुलको खेलाडीका लागि मैदानमा चाहिने सबैकुरा उनीसँग छ।’
क्लोपले थपे, ‘उनीसँग प्राविधिक र शारीरिक सिप छ साथै उनी ट्याक्टिकल कुराहरू पनि निकै छिटो सिक्छन्।’
क्लोपका अनुसार जोटाले सेन्ट्रल फरवार्ड मात्र नभएर तीन स्थानमा खेल्न सक्छन्। अहिले लिभरपुलले १३ खेलमा ३९ गोल गरेको छ। यो गोल संख्या दुई सिजनअघि उसले लिग जित्दाको भन्दा ९ गोल धेरै हो भने पछिल्लो सिजनको भन्दा १० गोल धेरै हो।
यो सिजन लिभरपुलका फरवार्ड सलाहले ११ गोल गर्दा माने र जोटाले समान ७–७ गोल गरेका छन्। पछिल्लो सिजन लिभरपुलका लागि विशेष रहे। त्यो सिजन टिमलाई साह्रो पर्नुको कारण के होला भन्ने प्रश्नमा क्लोपले खेलमा जम्न नसकेको प्रतिक्रिया दिएका छन्।
इग्लिस प्रिमियम लिगमा शनिबारको जित सहित लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ। उसले १३ खेलबाड २८ अंक बनाएको छ। शीर्षस्थानको चेल्सीको १२ खेलबाट २९ अंक छ।
प्रिमियर लिगमै शनिबार राति सम्पन्न अन्य खेलहरूमा आर्सनलले न्युकासलाई २–० गोलले हराएको छ भने नर्विच सिटी साथै उल्भ्स र ब्राइटन साथै लिड्स युनाइटेडले गोलरहित बराबरी खेलेका छन्।
क्रिस्टल प्यालेसले घरेलु मैदानमा एस्टोन भिल्लासँग हार बेहोरेको छ।