शनिबार, माघ ३, २०८२

खेलकुदमा महिलाभन्दा बढी पुरुष दुर्व्यवहारको सिकार

खेलकुदमा पुरूष खेलाडीभन्दा महिला खेलाडी बढी पीडित हुने सम्भावना रहेको शनिबार सार्वजनिक गरिएको ६ वटा युरोपेली मुलुकका १० हजारभन्दा बढी व्यक्तिको अध्ययनले देखाएको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं- खेलकुदमा पुरूष खेलाडीभन्दा महिला खेलाडी बढी पीडित हुने सम्भावना रहेको शनिबार सार्वजनिक गरिएको ६ वटा युरोपेली मुलुकका १० हजारभन्दा बढी व्यक्तिको अध्ययनले देखाएको छ।

National life

तीन चौथाइ बालबालिकाले खेलकुदमा दुर्व्यवहारको सामना गर्नुपरेको उक्त अध्ययनले देखाएको छ। युरोपेली संघद्वारा सञ्चालित अध्ययनले देखाएअनुसार विद्यालयबाहिर खेलकुदमा भाग लिने केटाकेटीले प्रशंसाको कमीदेखि लिएर अपमानजनक उपचारसम्म भोग्नुपरेको र सबैभन्दा सामान्य प्रकारको दुर्व्यवहार मनोवैज्ञानिक रहेको उक्त अध्ययनले देखाएको छ। 

खेलकुदमा बाल दुर्व्यवहार शीर्षकमा सर्वेक्षण गरिएको र सर्वेक्षणमा सम्लग्नहरूमध्ये झन्डै दुई तिहाइले मानसिक दुर्व्यवहार भोगेका पाइएका छ अर्थात् ४४ प्रतिशत खेलकर्मीले शारीरिक हिंसा भोगेका थिए।

उक्त रिपोर्टका प्रमुख लेखक तथा इङ्ल्याण्डको ‘एज हिल’ विश्वविद्यालयका प्राध्यापक माइक हार्टिलले उक्त निष्कर्षले देखाएअनुसार युरोपमा खेलकुदमा शासन गर्नेहरूले खेलकुदमा बालबालिकाको अधिकार संरक्षण गर्न ‘अत्यन्तै थोरै’ प्रयत्न गरेका छन्। उनीहरूले ‘नीतिमात्र बनाउनुभन्दा यसलाई कार्यान्वयनमा लान अझै धेरै’ गर्नुपर्छ।

'हामीले पत्ता लगाएका कुराहरू पक्कै पनि साह्रै चिन्ताको विषय हुन्। हालैका समयमा हामीले खेलकुदमा बाल दुर्व्यवहारका धेरै उच्च–प्रोफाइल घटनाहरू देखेका छौं, तर यस अनुसन्धानले हामीलाई समस्याको व्यापकता अझ स्पष्टसँग बुझ्न मदत गर्छ,' हार्टिलले भनिन्। 

Laxmi sunrise bank
kumari

एज हिल विश्वविद्यालय र जर्मनीको वुपरटल विश्वविद्यालयको नेतृत्वमा गरिएको यस अध्ययनले १८ वर्ष पुग्नु पहिल्यै खेलकुदमा भाग लिएका १८ देखि ३० वर्षका व्यक्तिहरूलाई प्रश्न गरेको थियो। अध्ययनले दुर्व्यवहारको सबैभन्दा धेरै घटना अन्तरराष्ट्रिय तवरमा प्रतिस्पर्धा गरेका बालबालिकाहरूमा रहेको देखाएको छ। त्यस स्तरमा ८४ प्रतिशत किशोरकिशोरीहरूले कुनै न कुनै प्रकारको दुर्व्यवहार भोगेका थिए।

समाजशास्त्रका विशेषज्ञ हार्टिलले अक्सर प्रशंसा वा प्रोत्साहनको अभावलाई खेलकूद्को दुर्व्यवहारको रूपमा उल्लेख गरिएको बताउनुभयो। 

'केटाकेटीको प्रशंसा गर्न नदिनु हानिकारक हुन सक्छ। मोनाको वल्र्ड एथलेटिक्सको मुख्यालयमा अध्ययन सुरु गर्नुपूर्व एक गोष्ठीमा बोल्दै उनले बताइन्। यो हल्का घटनादेखि लिएर अझ गम्भीर दुर्व्यवहारको लागि सङ्केतको रूपमा प्रयोग हुन सक्छ। 

अस्ट्रिया, बेल्जियम, जर्मनी, रोमानिया, स्पेन र बेलायतको वालोनिया क्षेत्रमा जम्मा १०,३०२ जनालाई प्रश्न गरिएको थियो। तिनीहरूलाई मतदान कम्पनी ‘इप्सोस मोरी’द्वारा वितरण गरिएको अनलाइन प्रश्नावली पूरा गर्न आग्रह गरियो र रोचक जवाफहरूले अनुसन्धाताहरूका लागि थप प्रश्नहरू खडा गर्‍यो। अध्ययन गरिएका यूरोपेली मुलुकमध्ये बेल्जियममा सबैभन्दा बढी ८० प्रतिशत दुर्व्यवहार थियो भने सबैभन्दा कम अस्ट्रियामा (७० प्रतिशत) थियो। अस्ट्रियाबाहेक सबै देशमा केटाहरूले हिंसाको सामना गर्ने सम्भावना निकै बढी थियो।

सह–लेखक प्राध्यापक बेटिना रुलोफ्सले बताएअनुसार विशेष गरी एउटा निष्कर्षले अनुसन्धाताहरूलाई छक्क पारेको थियो। 'खेलकुदमा लागेका केटीहरूको तुलनामा यौन हिंसाको शिकार पुरुषहरू बढी हुनु उल्लेखनीय कुरा हो।' लेखकहरूले उक्त रिपोर्टले देखाएअनुसार थुप्रै खेलकुद निकायहरूले मनोवैज्ञानिक विषयहरूमा यौन हिंसाविरुद्ध सुरक्षाबाहेक आफ्नो नीति विस्तार गर्न असफल भएका छन्।

हार्टिलले भनिन्, 'दुःखको कुरा, यी निष्कर्षले खेलकुदमा गहिरो जरा गाडेर रहेका विवादहरू समाधान गर्न खासै केही गरेको छैन भन्ने संकेत गर्छ।'

'युरोपमा खेलकुदलाई हेर्ने संस्था तथा नेतृत्वले नीति निर्माण गरेर मात्र पुग्दैन। यो समस्या अन्ततः खेलकुदमा वयस्क र बच्चाहरूबीचको सम्बन्धभित्रै आधारित हुन्छ।' 

तथापि, उक्त रिपोर्टले खेलकुदको दुर्व्यवहार समग्र समाजमा भन्दा धेरै कम रहेको देखाएको छ। रिपोर्ट अनुसार ८५ प्रतिशत वयस्कहरूले केटाकेटीको हैसियतमा खेलकुदबाट सकारात्मक अनुभव गरेको पनि बताएका थिए। 

प्रकाशित: Nov 28, 2021| 04:50 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।