शनिबार, माघ ३, २०८२

विश्वकप छनोटमा यस्तो रह्यो नेपाली खेलाडीको प्रदर्शन

आईसीसी विश्वकप २०२३ को एसियाली छनोटबाटै नेपाल बाहिरिएको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं– आईसीसी विश्वकप २०२३ को एसियाली छनोटबाटै नेपाल बाहिरिएको छ। दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा आइतबारको अन्तिमा खेलमा हार बेहोरेपछि नेपालले ग्लोबल छनोटमा स्थान बनाउन सकेन।

National life

सहभागी नेपालका मुख्य खेलाडी थिए कप्तान रुविना क्षेत्री, उपकप्तान सीता राना मगरसहित इन्दू वर्मा, कविता कुँवर र सबनम राई। उनीहरुले व्यक्तिगत रुपमा केही राम्रो प्रदर्शन गरे पनि अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

छनोटमा पाँच खेल खेलेको नेपालले दुई खेलमा हार बेहोर्यो भने तीन खेलमा जित निकाल्यो। यसक्रममा नेपाली महिला टिमले हारेका दुवै खेलमा ब्याटिङ चल्न सकेन। पहिलो खेलमा नेपालले हङकङलाई १०५ रनको मात्र लक्ष्य प्रस्तुत गरेको थियो।

यता, अन्तिम खेलमा नेपालले यूएईबाट १२८ रनको लक्ष्य पाएर पनि ४८ रनको ठूलो हार बेहोर्यो। 

कसको कस्तो प्रदर्शन?

Laxmi sunrise bank
kumari

कप्तान रुविना क्षेत्री

उनी हङकङसँगको खेलमा दुई रनमा अविजित रहिन्। बलिङमा उनले चार ओभरमा ३० रन खर्चिएर विकेट विहीन रहिन्। त्यस्तै उनले भुटानविरुद्ध १० रन जोडिन् भने बलिङमा तीन ओभरमा ११ रन खर्चिइन्।

त्यस्तै कुवेतविरुद्ध उनले १२ रन जोडिन्। बलिङमा भने सानदार प्रदर्शन गरिन्। तीन ओभरमा दुई मेडन राख्दै एक रन खर्चिएर दुई विकेटसमेत गिराइन्। त्यस्तै उनले मलेसियाविरुद्ध २० रन जोडिन्। जहाँ चार ओभर बलिङमा ९ रन खर्चिएर एक विकेट लिइन्।

यूएईसँगको खेलमा उनी २ रनमै आउट भइन् भने तीन ओभर बलिङ गरेर कुनै पनि विकेट लिन सकिनन्।

सीता राना मगर

सीताले हङकङविरुद्ध अविजित ४० रन जोडिन्। त्यो खेलमा उनले चार ओभर बलिङ गर्दै १८ रन खर्चिएर एक विकेट लिइन्। उनले भुटानविरुद्ध १७ रन बनाइन् भने कुवेतसँग शून्य रनमै आउट भइन्। भुटानविरुद्धको खेलमा सीताले चार ओभर बलिङ गरेर १० रन खर्चिएर तीन विकेट लिएकी थिइन्।

सीताले मलेसियाविरुद्ध पनि ३० रनको योगदान दिइन्। उनले मलेसियामाथि चार ओभर बलिङ गरेर २७ रन खर्चंदै एक विकेट लिइन्। उनले यूएईविरुद्ध १३ रन बनाइन् भने एव्क विकेट लिइन्।

इन्दू वर्मा

टी २० आईमा पहिलो अर्धसतक प्रहार गर्ने खेलाडी हुन् इन्दू वर्मा। उनले यो छनोटका पाँचै खेल खेलिन्। त्यसबाट हङकङविरुद्ध ३१, भुटानविरुद्ध १८, कुवेतविरुद्ध १३, मलेसियाविरुद्ध चार र यूएईविरुद्ध १५ रन बनाइन्। इन्दू वर्माले यूएईविरुद्ध १५ रन बनाइन्। 

कविता कुँवर

कविताले यो छनोटका पाँचै खेल खेलिन्। उनको ब्याटिङ भने चल्न सकेन। उनी हङकङसँगको खेलमा शून्य रनमै आउट भइन् भने मालेसियाविरुद्ध १० रन जोडिन्। यूएईविरुद्ध उनले चार रन मात्र बनाउन सकिन्। बलिङतर्फ उनले चार विकेट गिराइन्। कुवेत र भुटानको विकेट लिन नसकेकी उनले यूएईको दुई साथै मलेसिया र हङकङको समान एकएक विकेट लिइन्।

संगीता राई

राईले छनोटका दुईमात्र खेल खेलिन्। उनले कुवेतविरुद्ध दुई ओभर चार बल गर्दै दुई रन खर्चिएर तीन विकेट गिराइन् भने अन्तिम खेलमा यूएईको एक विकेट लिइन्।

सबनम राईले कुवेतबाहेक सबै देशसँग खेलिन्। उनले छनोटका चार खेलमा पाँच विकेट गिराइन्। छनोटमा पाँचै खेल खेलेकी अप्सरी बेगम, सरिता मगर र कविता जोशी फिल्डिङमा सीमित रहे। तीन खेल खेलेकी विकेटकिपर करुणा भण्डारीले तीन विकेट लिइन्।

प्रकाशित: Nov 28, 2021| 15:58 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।