आइतबार, असार २१, २०८३

महिला हिंसाविरुद्ध इन्क्लुसिभ मैत्रीपूर्ण खेल

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाली खेल पत्रकारहरुको छाता संगठन एनएसजेएफले ३-१ को जित निकाल्यो । ३० मिनेटका दुई हाफमा गरी कुल एक घण्टा खेलाइएके खेलमा दुवै टिममा महिला र पुरुष खेलाडी एकसाथ मैदान उत्रिएका थिए ।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

काठमाडौं - नेपाल खेलकुद पत्रकार मञ्‍च (एनएसजेएफ) र अस्ट्रेलिया नेपाल अल्मुनाई संघले मैत्रीपूर्ण फुटबल खेल खेल्दै शनिबार महिला हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवात गरेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाली खेल पत्रकारहरुको छाता संगठन एनएसजेएफले ३-१ को जित निकाल्यो । ३० मिनेटका दुई हाफमा गरी कुल एक घण्टा खेलाइएके खेलमा दुवै टिममा महिला र पुरुष खेलाडी एकसाथ मैदान उत्रिएका थिए ।

'हाम्रो गोल महिला हिंसाविरुद्धको बोल' भन्ने नारासहित खेलिएको खेल महिला अधिकारको पक्षमा लामो समयदेखि काम गर्दै आएको गैह्र सरकारी संस्था साथी, एनएसजेएफ, नेपालस्थित अस्ट्रेलियाली दुताबास, अस्ट्रेलिया नेपाल अल्मुनाई संघ र एन्फाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।

फुटबल नेपालमा सबभन्दा लोकप्रिय खेल भएकाले अभियानको सुरुआत मैत्रीपूर्ण खेलबाट गरिएको साथीकी अध्यक्ष सजनी अमात्यले बताइन। दुवै टोलीमा महिला र पुरुषको समान प्रतिनिधित्वले लैंगिक समानताको पक्षमा बलियो सन्देश दिएको उनको भनाई थियो।

साथीकी पूर्व अध्यक्ष बन्दना राणाले महिला र पुरुष राष्ट्रिय खेलाडीक लागि समान तलबको व्यवस्था गरेकोमा एन्फाको प्रशंसा गर्दै १० वर्षअघि साथीले एन्फासगको सहकार्यमा लैंगिक समानताको अभियान सुरु गरेको स्मरण गरिन।

राणाले मैत्रीपूर्ण खेलको नतिजा जस्तो आए पनि लैंगिक समानताको अभियानले जित्ने विश्वास व्यक्त गरिन। उनले भनिन, खेलको नतिजा जस्तो आए पनि आजको लागि हाम्रो लक्ष्य भनेको मैदानभित्रमात्र नभई सबैतिर फेयर प्लेको सन्देश दिदै महिला हिंसाविरुद्ध प्रतिबद्धता जनाउनु हो।

कार्यक्रममा बोल्दै नेपालका लागि अस्ट्रेलियाली राजदुत फेलिसिटी भोल्कले दशकौंदेखि लैंगिक समानताका लागि थुप्रै प्रयास भइरहे पनि अझैसम्म महिलाविरुद्ध हिंसा भइरहेको विषयले आफूलाई अत्यन्तै निराश पार्ने गरेको बताइन। 

महिला हिंसाविरुद्ध १६ दिने अभियान चलाइन थालेको यो तीन दशक भयो। अस्ट्रेलिया होस या नेपाल अझैसम्म पनि प्रत्येक तीनमध्ये एक महिला लैंगिक हिंसाको सिकार भइरहेका छन्। महिला र केटीहरुमाथिको हिंसालाई अब रोकौं, उनले आह्वान गरिन।

लैंगिक हिंसाको पूर्ण अन्त्यका लागि सबैको प्रयास आवश्यक हुने बताउदै साथीकी अध्यक्ष अमात्यले भनिन्, महिलामाथि हुने सबैखाले हिंसाको पूर्ण अन्त्य गर्ने हाम्रो लक्ष्यप्राप्तीका लागि पुरुषप्रधान सोचमा परिवर्तन ल्याउनु जरुरी छ। आज मैदान उत्रिएका दुवै टोलीलाई प्रतिनिधित्व गरेका महिला र पुरुष खेलाडीको उपस्थितीले समानताको बलियो सन्देश दिएको छ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले साथीसगको सहकार्यमा नेपाली फुटबलको सर्वोच्च निकायले महिला हिंसाविरुद्धको अभियान लामो समयदेखि सुरु गरेको बताए। 

अमेरिकामा समेत महिला खेलाडीले समान तलबका लागि संघर्ष गरिरहेका बेला हामीले महिला राष्ट्रिय खेलाडीलाई पुरुष खेलाडीसरह तलबको व्यवस्था गरेका छौं। मलाई साथीसगको सहकार्यमा दश वर्षअघि एन्फाले महिला हिंसाविरुद्धको अभियान सुरु गरेको अहिले पनि स्मरण छ।

'त्यसैको फल हो, आज महिला र पुरुष खेलाडीको तलब समान गरिएको छ,' तुलाधरले भने, 'अहिले हामीले बडो तामझामका साथ पुरुष लिग गरिरहेका छौं। अब महिला लिग पनि यस्तै तामझामका साथ भव्य रुपमा गर्ने हामी प्रतिबद्धता जनाउन चाहन्छौं। महिला हिंसाविरुद्ध हुने सबैखाले गतिविधिमा हाम्रो सक्रिय सहभागिता रहनेछ।'


प्रकाशित: Nov 27, 2021| 20:59 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।