पछिल्लो साफमा नेपाल, भारत र बंगलादेशको प्रदर्शन राम्रो थियो। अहिले तिनै तीन टिम दोहोरो राउन्ड रोबिनमा खेल्दैछन्। नेपालले भारत र बंगलादेश दुवै टिमसँग जित निकाल्न सकेको थिएन।
इंग्लिस प्रिमियर लिगमा आज बिहान सम्पन्न खेलमा घरेलु टोली आर्सनल विजयी भएको छ। इमिरेट्स स्टेडियममा एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै आर्सनलले उल्भ्समाथि २-१ को रोमाञ्चक जित हात पारेको हो।
विभागीय टोली नेपाल आर्मी र नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन्। आर्मीले पुरुष तथा प्रहरीले महिलाको उपाधि जितेका हुन्।
आईसीसी टी–२० विश्वकपको ग्लोबट छनोटबाट बाहिरिसकेको नेपालले खेलमा ८८ रनको लक्ष्य पाएको थियो। जवाफमा एक मात्र विकेट गुमाएर २२ बल बाँकी रहँदै नेपालले निधारित लक्ष्य पूरा गर्यो।
नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार फाइनलमा प्रवेश गरेको छ। राउन्ड रोविन लिगमा उपविजेता बन्दै फाइनल पुगेको प्रहरीले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसंग खेल्ने छ।