आइतबार, मंसिर ७, २०८२

आईपीएलको शीर्ष स्थानमा उक्लिने प्रयासमा कोलकाता

भारतमा जारी इन्डियन प्रमियर लिग (आईपीएल) क्रिकेटमा आज २५औं चरणको खेल सुरु हुँदैछ।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं– भारतमा जारी इन्डियन प्रमियर लिग (आईपीएल) क्रिकेटमा आज २५औं चरणको खेल सुरु हुँदैछ।

National life

आजको खेलमा श्रेयस ऐयर कप्तानीमा रहेको कोलकाता नाइट राइडर्सले केन विलियम्सनको कप्तानीमा रहेको सनराइजर्स हैदराबादसँग भिड्दै छ। खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।

५ खेल खेल्दा ३ मा जित र २ मा हार व्यहोरेको कोलकाता ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ। आजको  खेलमा विजयी भए ऊ  तालिकाको शिर्ष स्थानमा उक्लिने छ। त्यस्तै ४ खेल खेलेको हेदराबाद २ मा जित र २ मा हार व्यहोर्दै ४ अंकका साथ तालिकाको ८ औं स्थानमा रहेको छ।

२५ औं खेलसम्म आइपुग्दा गुजरात टाइटन्स ६ खेल बाट ८ अंकका साथ तालिकाको शिर्ष स्थानमा रहेको छ। बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात तालिकाको शिर्ष स्थानमा उक्लिएको हो। 


प्रकाशित: Apr 15, 2022| 13:45 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।