आइतबार, मंसिर ७, २०८२

सिरी ए को शीर्षस्थानमा मिलान क्लबको रोमाञ्चक प्रतिस्पर्धा

इटालियन सिरी ए मा एसी मिलान र इन्टर मिलानले शुक्रबार राति जित निकालेका छन्। यो जितसँगै सिरी एको शीर्षस्थानमा यी दुई क्लबको प्रतिस्पर्धा अझै रोमाञ्चक भएको छ।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- इटालियन सिरी ए मा एसी मिलान र इन्टर मिलानले शुक्रबार राति जित निकालेका छन्। यो जितसँगै सिरी एको शीर्षस्थानमा यी दुई क्लबको प्रतिस्पर्धा अझै रोमाञ्चक भएको छ।

National life

अहिले तालिकाको शीर्षस्थानमा रहेको एसी मिलानको ७१ र दोस्रो स्थानमा रहेको इन्टर मिलानको ६९ अंक छ।

गएरातिको जितसँगै एसी मिलान सिरी ए को शीर्षस्थानमा कायम छ। यो स्थान पाउनका लागि उसले दोस्रो स्थानको इन्टरलाई दुई अंकले पछि पारेको हो।

तर लिगमा एसी मिलानले ३३ खेल खेलिसकेको छ भने इन्टरले ३२ खेलमा मात्र सहभागिता जनाएको छ। अब यी दुई क्लबले पहिलो र दोस्रो लेगको खेल पनि सम्पन्न गरिसकेका छन्।

शुक्रबार राति स्पेजियाको मैदानमा सम्पन्न भएको खेलमा घरेलु टिमलाई ३–१ ले हराउँदै इन्टर मिलानले जित निकालेको हो। इन्टर मिलानलाई जित दिलाउन मार्सेलो ब्रोजोविच, लाउतारो मार्टिनेज र एलेक्सिस सान्चेजले समान १–१ गोल गरेका थिए।

Laxmi sunrise bank
kumari

त्यस्तै, मिलानको सान सिरो मैदानमा सम्पन्न भएको खेलमा चाहिँ घरेलु टिम एसी मिलानले पाहुनो टिम जिनोआलाई २–० ले हराएको छ।

एसी मिलानलाई जित दिलाउनका लागि राफेल लियो र जुनियर मेस्सियसले गोल गरेका थिए।

त्यस्तै, गएराति पराजित जिनोआ २२ अंकका साथ १९औं स्थानमा छ भने १५औं स्थानमा रहेको स्पेजियाको ३३ अंक छ।

प्रकाशित: Apr 16, 2022| 09:40 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।