बुधबार, असार २५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • मुख्य प्रशिक्षक अलमुताइरीले खुलाए एसिया कपमा नेपाल छनोट हुन नसक्ने कारण

मुख्य प्रशिक्षक अलमुताइरीले खुलाए एसिया कपमा नेपाल छनोट हुन नसक्ने कारण

एसियन कप छनोटको तेस्रो चरणका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले २५ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्। नेपाली टिमले जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुने छनोटमा कुवेत, इन्डोनेसिया र जोर्डनसँग खेल्नेछ।
 |  शुक्रबार, वैशाख २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

vianetvianet

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल एसिया कपमा छनोट छनोट हुन नसक्ने बताएका छन्। शुक्रबारबाट दशरथ रंगशालामा सुरु भएको अभ्यासपछि पत्रकारसँग कुरा गर्दै अलमुताइरीले एसिया कपमा छनोट हुन नसक्ने बताएका हुन्।

एसियन कप छनोटको तेस्रो चरणका लागि अलुमताइरीले २५ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्। अब नेपाली टिमले आउँदो जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुने छनोटमा नेपालले आयोजक कुवेत, इन्डोनेसिया र जोर्डनसँग खेल्नेछ।

ति देशहरुको स्तर नेपालको भन्दा धेरै राम्रो रहेको भन्दै उनले नेपाल छनोट हुन नसक्ने बताए। नेपालले एसिया कपअघि अफगानिस्तान, यमन र ओमनसँग मैत्रीपूर्ण पनि खेल्ने भएको छ। त्यस्तै, नेपाली टिमले कतार र कुवेतको लिगका राम्रो क्लबसँग पनि मैत्रीपूर्ण खेल्ने भएको छ।

पछिल्लो समय थाइल्यान्डमा त्यहाँको राािष्ट्रय फुटबल टिम र लिगविजेता चोनबुरी एफसीसँग एक–एक मैत्रीपूर्ण खेल पनि खेलेको थियो। ति दुवै खेलमा नेपालले पराजय भोगेको थियो। त्यो खेलपछि अलमुताइरीले २५ खेलाडीको लिस्ट तयार गरेर अभ्यासका लागि बोलाएका थिए। 

नेपालले पहिलो दिन जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतविरुद्ध र अन्तिम खेलमा जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ।

अलमुताइरीलेके भने पत्रकार सम्मेलनमा ?

हामीसँग छनोट हुने अवसर छ। तर हामी छनोट हुन सक्ने स्थितिमा पुगिसकेका छैनौं। हामीले अझै धेरै कुराहरु गर्न बाँकी नै छ। फुटबल विकासका लागि सिनियर टिममा मात्र काम गरेर हुँदैन। हामीले ग्रासरुटबाट नै सुधार गर्दै लैजानुपर्छ।

अहिले हामीले खेल्न लागेको एसिया कपको छनोट हो। दक्षिण एसियाको प्रतियोगिता हैन। एसिया कप ठूलो प्रतियोगिता हो।

हामीले जोर्डनसँग खेल्नेछौं। यो एसियाको निकै बलियो देश हो। कुवेत पनि बलियो हो। अनि म हाम्रो स्तरको बारेमा जारनकार छु। एसिया छनोट हुनका लागि हामीले धेरै अभ्यास गर्नुपर्छ।

यदी एनएसएल भएको भए हामी धेरै राम्रो गर्न सक्थ्यौँ। त्यो भएको भए हाम्रो खेलाडीले ९ देखि ११ खेल खेलेका हुनेथिए। तर एनएसएल भएन।

त्यसैले अहिले हामीले अभ्यास मात्र गरिरहेका छौं। अभ्यास मात्र गरेर खेल्न गाह्रो हुन्छ। र, यो दुई महिनाको अभ्यास भएको छ। यो दुई महिनाको अवधि भनेको धेरै समय होइन्। त्यसैले म यो समय २५ खेलाडीमा मात्र लगानी गर्नेछु। यसमै केन्द्रित हुनेछु।

हाम्रो समूह(कुवेत, जोर्डन र इन्डोनेसिया) मा भएका बाँकी टिम बलिया छन्। हामीले खेल्ने ति टिमविरुद्ध यसअघि पनि खेलेका छौं। हामीलाई उनीहरुबारे र उनीहरुलाई हामीबारे पनि थाहा छ। त्यसैले मैले यि २५ खेलाडीलाई केन्द्रमा राखेर अभ्यास गराउने विचार गरेको छु।

हामी जित निकाल्छौँ त हामी गर्व गर्छौं तर जब हार बेहोछौं। हामी रिसाउँछौं। कतिपय अवस्थामा हार बेहोरे पनि गर्व गर्न सक्नुपर्छ। नेपालसँग एसिया कप छनोट हुने कुनै चान्स छैन।

कुवेतसँग ७७ प्रोफेसनल खेलाडी छन्। हामीसँग चाहिँ दुईजना मात्र प्रोफेसनल खेलाडी छन्। कसरी बाराबरी हुन सक्छ त ? नेपालका त ति दुई खेलाडी पनि विदेशमा छन्। हाम्रो टिममा धेरै कमजोरीहरु छन्। तर म सबैलाई धेरै क्रेजि नहुनका लागि अनुरोध गर्दछु।

म अहिले कसैलाई पनि धेरै आशा नराख्नका लागि अनुरोध गर्दछु। एसिया कप पुग्ने सपना धेरै ठूलो हो। त्यो नदेख्नका लागि पनि अनुरोध गर्दछु।

फुटबललाई अघि बढाउनका लागि हामीसँग कम्तिमा पनि २० एकेडेमी चाहिन्छ। हामीले ग्रासरुटमा फोकस गर्नुपर्छ। हरेक सहरमा एकेडेमी हुनुपर्छ। एकेडेमीमा कुन फर्मेसनमा खेल्छ भन्ने कुरा बेग्लै होला तर खेल्नु मूख्य कुरा हो।

कोहिबेला हाम्रो टिम राम्रो खेले पनि जित निकाल्न सकिन्दैन। अस्ति मछिन्द्र र ब्लुस्टारको खेलमा पनि त्यस्तै भयो। यदी कसैले बार्सिलोनाको जस्तो खेल्न चहान्छ भने उसको जस्तो मैदान र ग्रासरुटका कार्यक्रम पनि त हुनु पर्यो नि।

नेपालमा फुटबल संघ स्थापना भएको ५० वर्ष पुग्यो। कहाँ छ ग्रासरुट अन्तिम ५० वर्षमा, यू १६ को प्रतियोगिता कहाँ छन् ? आयुष घलानजस्ता युवा खेलाडी छन्। उनीहरुसँग ड्राइभिङ लाइसेन्स पनि छैन। यस्ता युवा खेलाडी धेरै छन्। हामीसँग सिनियर खेलाडी धेरै छैनन्। सिनियरको एक जेनेरेसन थियो। अहिले युवा खेलाडीबाट सुुरु गर्नु परिरहेको हो।

हाम्रो प्रशिक्षकले भाषणमा भनेर हुँदैन। अब तपाइँ नै भन्नुहोस् न अन्तिम वर्षमा तपाईँले कति ग्रासरुटको खेल हेर्नुभयो। अहिले हरेक बजारमा एकेडेमी बनाउने हो भने १० वर्षपछि बल्ल रिजल्ट देखिन थाल्नेछ।

अहिले खेलाडीले कसरी खेल्ने भन्ने जानकारी पाएका छन्। मलाई लाग्छ हामीसँग भएका ४५ खेलाडीले भोलि पनि एसिया कप खेल्नका लागि तयार छन्। म ४५ जनाबाट खेलाडी छान्न चाहन्न। म साढे दुई सय खेलाडीबाट छान्न चाहन्छु। त्यसैले अहिले २५ जनाको टिम बनाएको हो।

नेपालमा खेलाडीको औषत खेल्ने समय ३० देखि ३२ मिनेट छ। कुवेतका खेलाडीको ६२ मिनेट रहेको छ। फिफाले निर्धारण गरेको स्ट्यान्डर्ड समय भनेको पनि ६० मिनेटको रहेको छ। त्यसैले हामीले अझै धेरै काम गर्न चाहेको देखिन्छ।

मैले सबै लिगका खेलहरु हेरेको छु। तर, धेरैजसो टिमहरु कुन फर्मेसनमा खेलिरहेका छन् भनेर ठम्याउनै सकिँदैन। मैले लिगमा खेलेको खेल एनालाइज गर्न नै सकिन। अनि त्यहाँ एउटा यस्तो टिम थियो कि त्यसमा नेपाली खेलाडीले ८० प्रतिसत पास विदेशी खेलाडीलाई मात्र दिइरहेका छन्। नेपाली खेलाडीले नेपाली खेलाडीलाई पास दिइरहेको देखिँदैन।

तपाईँ नै भन्नुहोस् अब म कसरी खेलाउन सक्छु। यस्तो खेलाडीसँग कसरी काम गर्न सकिन्छ ? मैले के सिकाउने ? यो मेरो मात्र अनुसन्धान होइन, इन्स्ट्याटले बताएको कुरा हो।

यदी सबै मिडियाको सपोर्ट मिल्ने हो भने हाम्रो अर्को वर्षको लिग यो वर्षको भन्दा धेरै राम्रो हुनेछ। जब खेलको बारेमा लेखिन्छ त्यतिबेला प्रशासन, प्रशिक्षकबारेमा नसोचेर खेलाडी कसरी मुभ गरिरहेका छन् भन्ने बारेमा सोच्नुपर्छ।

खेलाडीले जब बल लुज गरिरहेको हुन्छ ऊ कसरी हिँडिरहेको छ, कसरी डिफेन्स गरिरहेको छ भन्ने कुरा हेर्नुपर्छ। यदी तपाईँले लिगका कुनै पनि खेल एनालाइज गर्नुभयो भने खेलाडीको त्यो अवस्था हेरेर डर लाग्नेछ। त्यसैले खेलाडीले पनि धेरै काम गर्नुपर्ने छ।

तर यो कुराले खेलाडीले नकारात्मक प्रभाव पार्छ भन्ने चाहिँ लाग्दैन। मैले भने नि एसिया कपमा छनोट हुन सक्दैनौ भनेर यसले खलाडीलाई दबाब कम गर्छ। मैले छनोट हुन सक्दैनौ भनेको हो। तर मैले यहाँ भनेको कुरा गर्ने हो भने छनोट हुने हाम्रो सम्भावना चाहिँ छ पनि भनेको छु।

अहिले नेपाल र अर्जेन्टिनाको मैत्रीपूर्ण खेलको बारेमा सुनेको छु। तर हामी सोचमा चाहिँ धेरै अगाडी पुग्यौँ। वास्ताविकतामा हामी धेरै पछि छौं। हामी सबैले नकारात्मक कुरा भनेर खेलाडीमा दबाब नभरौँ भन्ने मेरा चहाना हो।

हामीले अन्तिम ५० वर्षमा युवा विकासको लागि काम नै गरेको छैन भने हाम्रो छनोट हुने सम्भावना पनि त कम नै भयो नि।

अलमुताइरीले प्रशिक्षणमा बोलाएका खेलाडी

किरण कुमार लिम्बु, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, दर्शन गुरुङ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, आयुष घलान, दीप कार्की, विशाल श्रेष्ठ, विकास खवास, विमल घर्ति मगर, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, विशाल राई, सुमन लामा, सुनिल बल र सुरज ज्यु ठकुरी


प्रकाशित: Apr 15, 2022| 14:37 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।