आइतबार, मंसिर ७, २०८२

आईपीएल : कोलकत्ता नाइट राइडर्सविरुद्ध हैदराबादको जित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार रातिको खेलमा सनराइजर्स हैदराबादले कोलकत्ता नाइट राइडर्सविरुद्ध सात विकेटको जित निकालेको छ।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार रातिको खेलमा सनराइजर्स हैदराबादले कोलकत्ता नाइट राइडर्सविरुद्ध सात विकेटको जित निकालेको छ।

National life

बारबोर्न मैदानमा सम्पन्न भएको खेलमा हैदराबादले १३ बल बाँकी रहँदै लक्ष्य पुरा गरेर जित निकालेको हो।

त्यसअघि ब्याटिङ गरेको कोलकत्ताले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १७५ रन बनाएको थियो। जवाफमा हैदराबादले १७ दशमलव पाँच ओभरमा तीन विकेट गुमाएर १७६ रनको लक्ष्य पुरा गरेको थियो।

लक्ष्य भेट्टाउने क्रममा हैदराबादका एइडेन मकरमले अविजित ६८ रन बनाए। सुरुआतमा राम्रो प्रदर्शन गर्न नसके पनि तेस्रो नम्बरमा मैदान छिरेका राहुल त्रिपतिले ३७ बलमा ७१ रन बनाउँदै हैदराबादलाई जितको नजिक पुर्‍याएका थिए।

बलिङमा कोलकत्ताका आन्ध्र रसेलले दुई विकेट लिए पनि उनले दुई ओभरमा २० रन खर्चिए। उनीभन्दा खर्चिला रहे वरुण चक्रवर्ती। चक्रवर्तीले तीन ओभरमा ४५ रन प्रदान गरेका थिए।

Laxmi sunrise bank
kumari

पहिलो पारीमा कोलकत्ताका नितिस रानाले सर्वाधिक ५४ रन बनाएका थिए भने आन्द्रे रसेलले अविजित ४९ रनको योगदान दिएका थिए। अन्य खेलाडीले सम्झनलायका प्रदर्शन गर्न सकेनन्। त्यसक्रममा निकै पेचिलो बलिङ गरेको हैदराबादका टी नटराजनले तीन विकेट लिए भने उमरान मलिकले चार ओभर बलिङ गर्दै २७ रन खर्चिएर दुई विकेट गिराए।

यो जितसँगै हैदराबादले पाँच खेलबाट तीन जितसहित ६ अंक बनाएको छ। पराजित कोलकत्ताले भने छ खेलबाट छ अंक नै बनाएको छ।

अहिले पाँच खेलबाट आठ अंक बनाएको गुजरात शीर्षस्थानमा छ भने राजस्थान रोयल्स दोस्रो स्थानमा छ। राजस्थानको पनि छ अंक छ। लिगमा ६ अंक बनाउनेमा राजस्थान, पन्जाब, कोलकत्ता, लखनौ, बैंगलोर र हैदराबाद रहेका छन्।

प्रकाशित: Apr 16, 2022| 08:18 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।