आइतबार, मंसिर ७, २०८२

एरिक टेन ह्याग बन्लान् म्यानचेस्टर युनाइटेडका प्रशिक्षक?

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पूर्णकालीन प्रशिक्षकको खोजीमा छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पूर्णकालीन प्रशिक्षकको खोजीमा छ। सन् २०२१ को नोभेम्बरमा प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेपछि अहिले युनाइडेटको प्रशिक्षण कमान्ड अन्तरिम प्रशिक्षक राल्फ रङनिकले सम्हालिरहेका छन्। 

National life

उनी ६ महिनाका लागि युनाइटेडको अन्तरिम प्रशिक्षक बनेका थिए। जसका कारण आगामी सिजनको सुरुवातसम्म युनाइटेडले नयाँ प्रशिक्षक नियुक्त गर्नेछ। युनाइटेडको आगामी प्रशिक्षकमा आयाक्सका डच प्रशिक्षक एरिक टेन ह्याग नियुक्त हुने प्रवल सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

अन्तरिम प्रशिक्षक रङनिकको नेतृत्वमा युनाइटेडले अपेक्षाकृत खेल्न सकेको छैन। चालू सिजनमा युनाइटेड उपाधिविहीन हुने त निश्चित नै छ। सँगै च्याम्पियन्स लिगमा छनोट हुनसमेत संघर्ष गर्नु परिरहेको छ। यस्तो अवस्थामा क्लबलाई सफलता दिलाउन सक्ने प्रशिक्षकको खोजीमा युनाइटेड छ। र, त्यो खोजीको पहिलो नम्बरमा टेन ह्याग परेका छन्। उनले आयाक्सलाई सन् २०१९ मा च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पु¥याएका थिए। सन् २०१७ मा आयाक्सको प्रशिक्षक बने यता उनले ६ वटा उपाधि समेत जितिसकेका छन्।

युनाइडेटको प्रशिक्षक बन्न ह्याग समेत तयार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फुटबल ट्रान्सफरका विज्ञ पत्रकार फाब्रिजियो रोमानोका अनुसार युनाइटेडले ह्यागलाई प्रशिक्षक नियुक्त गर्न आयाक्ससँग छलफल गनर्ने तयारी गरेको छ। रोमानोका अनुसार ह्यागले युनाइटेडसँग दिर्घकालिन सम्झौता गर्न खोजेका छन्। मिडिया रिपोर्टलाई मान्ने हो भने आगामी सिजनको सुरुवातमा ह्याग ओल्ड ट्राफोर्डडमा देखिनेछन्।

प्रकाशित: Apr 13, 2022| 13:39 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।