आइतबार, मंसिर ७, २०८२

एसिया कप छनोटका लागि राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु

एसियन कप छनोटको तेस्रो चरणका लागि अलुमताइरीले २५ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण शुक्रबारबाट सुरु भएको छ। नेपाली टिमका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शुक्रबारबाट प्रशिक्षण सुरु गराएका हुन्।

National life

एसियन कप छनोटको तेस्रो चरणका लागि अलुमताइरीले २५ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्।

साथै नेपाली टिमले पछिल्लो समय थाइल्यान्डमा त्यहाँको रााष्ट्रिय फुटबल टिमसँग एक मैत्रीपूर्ण खेल पनि खेलेको थियो। त्यस्तै, उसले थाइल्यान्डको क्लब चोनबुरीसँग पनि मैत्रीपूर्ण खेलेको थियो। ती दुवै खेलमा नेपालले पराजय भोगेको थियो।

त्यो खेल नेपालको अन्तिम तयारी रहेको प्रशिक्षक अलमुताइरीले बताइसकेका छन्। त्यसपछि उनले २५ खेलाडीको लिस्ट तयार गरेर अभ्यासका लागि बोलाएका थिए। 

उनले बोलाएका मध्ये किरण कुमार लिम्बू र देवेन्द्र तामाङ अभ्यासमा आइपुगेका छैनन्।

Laxmi sunrise bank
kumari

आजबाट २३ खेलाडीले प्रशिक्षण सुरु गरेका छन्। अब आउँदो जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुने छनोटमा नेपालले आयोजक कुवते, इन्डोनेसिया र जोर्डनसँग खेल्नेछ।

नेपालसहित यी चार टिम समूह ए मा रहेको छ। छनोटमा पाँच समूह रहेका छन्। र, सबै समूहको शीर्ष एक टिम एसिया कपमा पुग्नेछ। दोस्रो स्थानको उत्कृष्ट एक टिमले पनि एसिया कप खेल्न पाउनेछ। एसिया कप आउँदो वर्ष चीनमा हुँदैछ।

नेपालले पहिलो दिन जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतविरुद्ध र अन्तिम खेलमा जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ।

अलमुताइरीले प्रशिक्षणमा बोलाएका खेलाडी

किरण कुमार लिम्बु, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, दर्शन गुरुङ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, आयुष घलान, दीप कार्की, विशाल श्रेष्ठ, विकास खवास, विमल घर्ति मगर, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, विशाल राई, सुमन लामा, सुनिल बल र सुरज ज्यु ठकुरी 

प्रकाशित: Apr 15, 2022| 13:16 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।