बुधबार, फागुन २०, २०८२

एन्फाको फेसबुक पेज ह्याक

अखिल नेपाल फुटबल संघले यसअघि एन्फाले एन्फा डट अफिसियल नामक फेसबुक पेज प्रयोग गरिरहेको थियो। उक्त पेजमा एन्फाले पछिल्लो पटक गएको अप्रिल ७ मा महिला फुटबल संघको सूचना प्रकाशित गरेको थियो।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को फेसबुक पेज ह्याक भएको छ। एन्फाले विहीबार बिहान एक सूचना पोस्ट गर्दै आफ्नो फेसबुक पेज ह्याक भएको जानकारी दिएको हो।

अखिल नेपाल फुटबल संघले यसअघि एन्फाले एन्फा डट अफिसियल नामक फेसबुक पेज प्रयोग गरिरहेको थियो। उक्त पेजमा एन्फाले पछिल्लो पटक गएको अप्रिल ७ मा महिला फुटबल संघको सूचना प्रकाशित गरेको थियो।

अब उक्त पेजमा कुनै जानकारी सार्वजनिक नगरिने पनि एन्फाले जानकारी दिएको छ।

त्यसपछि सूचना नै प्रकाशित भएका छैनन्। त्यसैले अहिले एन्फाले आफ्नो नयाँ फेसबुक पेज चलाउन सुरु गरेको जानकारी दिएको छ।

‘हाम्रो फेसबुक पेज ह्याक गरिएको कुरा हामी सूचित गर्न चाहन्छौं। र, उक्त पेजमा पुनः पहुँच प्राप्त गर्ने हाम्रो प्रयास असफल भएको छ। हामीले नयाँ पेज सुरु गरेका छौं,’ एन्फा सूचनामा लेखेको छ, ‘अपडेटको लागि  नयाँ पेजलाई फलो गर्न सबैलाई अनुरोध गर्दछौं। हामी अब हाम्रो पुरानो फेसबुक पेज मेटाउन अगाडि बढ्नेछौं र यसमा कुनै थप अपडेट हुनेछैन।’

kumari

प्रकाशित: Apr 14, 2022| 13:58 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।