बिहीबार, वैशाख १७, २०८३

आईपीएलः मुम्बई छैटौं खेलसम्म जितविहीन, शीर्ष दुईमा नयाँ क्लब

इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी संस्करणमा मुम्बई इन्डियन्स लखनऊ सुपर जायन्टसँग हार बेहोरेसँगै उसले छैटौं हार बेहोरेको छ। शनिबार दिउँसो सम्पन्‍न भएको खेलमा मुम्बईले आईपीएलमा छैटौं हार बेहोरेको हो।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी संस्करणमा मुम्बई इन्डियन्स लखनऊ सुपर जायन्टसँग हार बेहोरेसँगै उसले छैटौं हार बेहोरेको छ। शनिबार दिउँसो सम्पन्‍न भएको खेलमा मुम्बईले आईपीएलमा छैटौं हार बेहोरेको हो।

National life

टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले पूरा ओभर खेल्दै चार विकेट गुमाएर १९९ रन बनाएको थियो। जवाफमा मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १८१ रन मात्र बनाउन सकेपछि लखनौंले जित निकालेको हो।

लखनऊको जितमा म्यान अफ दी म्याचसमेत बनेका केएल राहुलले अविजित १०३ रनको अर्धसतकिय पारी खेले। उनले ६० बलमा नौ चौका र छ छक्काका साथ सो रन जोडेका हुन्।

त्यस्तै, मनिष पाण्डेले ३८ र क्विन्टन डिककले २४ रनको योगदान दिए। त्यसक्रममा मुम्बईका जयदेव उनादकटले दुई विकेट लिएका थिए।

जवाफी ब्याटिङमा मुम्बईका सूर्यकुमार यादवले ३७ रन बनाए भने देवाल्ड ब्रविसले ३१ र तिलक वर्माले २६ रनको  योगदान दिए। 

बलिङतर्फ लखनौंका अभेष खानले तीन विकेट लिए भने ज्यासन होल्डर, दुशमन्थ चमिरा, रवि विश्नोई र मार्कस स्टोइनिसले समान १–१ विकेट लिए।

यो जितसँगै छ खेलबाट आठ अंक बनाएको लखनौं दोस्रो स्थानमा छ। यता गुजरात लायन्स भने तालिकाको शीर्षस्थानमा छ। यी दुबै क्लब यो वर्षबाट मात्र आईपीएलमा समावेश भएका हुन्। चार पटकका विजेता रहिसकेको मुम्बई भने  सबै खेलमा हार बेहोरेर तालिकाको पुछारमा छ।

प्रकाशित: Apr 16, 2022| 21:06 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।