आइतबार, मंसिर ७, २०८२

च्याम्पियन्स लिगमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै

युइएफए च्याम्पियन्स लिग फुटबल अनतर्गत आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। आज राति दोस्रो चरणका दुई खेल भएपछि सेमिफाइनलको समीकरण पूरा हुनेछ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं– युइएफए च्याम्पियन्स लिग फुटबल अनतर्गत आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। आज राति दोस्रो चरणका दुई खेल भएपछि सेमिफाइनलको समीकरण पूरा हुनेछ।

National life

मंगलबार राति सम्पन्न खेलमा जित हात पार्दै दुई स्पेनिस टोली रियल मड्रिड र भिल्लारियल सेमिफाइनल प्रवेश गरेका छन्। आज राति हुने एक खेलमा स्पेनिस टिम एथ्लेटिको मड्रिड र इंग्लिस टिम म्यान्चेस्टर सिटी भिड्दैछन्। खेल एथ्लेटिकोको घरेलु मैदानमा हुनेछ।

आज पाहुना टोली सिटी १–० को अग्रता लिएर एथ्लेटिकोको घरेलु मैदानमा उत्रिँदै छ। खेलमा अग्रता लिएर मैदानमा उत्रिए पनि सिटीलाई घरेलु टोली एथ्लेटिकोले त्यति सहजै छाड्ने भने छैन। घरेलु दर्शकको साथ र हौसलासँगै एथ्लेटीको आज उच्च मनोबलका साथ मैदान उत्रिने छ।

त्यस्तै आज हुने दोस्रो खेलमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिस क्लब बेनफिकासँग खेल्दैछ। खेल लिभरपुलको घरेलु मैदानमा हुनेछ। यसअघि बेनफिकाको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले ३–१ को सहज जित हात पारिसकेको छ। आजको खेल जित्न बेनफिकाले ३–० को स्पष्ट नतिजा निकाल्नुपर्ने हुन्छ, जुन उसका लागि कठिन हुन सक्छ। 

आज हुने एथ्लेटिको र सिटीबीचको खेलको विजेताले सेमिफाइनलमा रियल मड्रिडसँग खेल्नेछ भने लिभरपुल र बेनफिकाबीचको विजेताले भिल्लारियलसँग खेल्नेछ। एकै समयमा सुरु हुने यी दुई खेल नेपाली समयअनुसार राति १२ः४५ बाट हुने छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 13, 2022| 15:46 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।