आइतबार, मंसिर ७, २०८२

सर्वाधिक धनराशिको महिला गोल्डकप फुटबल प्रतियोगिता आजबाट

नयाँ वर्षको अवसर पारेर धनगढीमा आजबाट प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताबारे जानकारी दिँदै आयोजक वनदेवी युवा क्लबले तयारी पुरा भएको बताएको छ।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

धनगढी– नयाँ वर्षको अवसर पारेर धनगढीमा आजबाट प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताबारे जानकारी दिँदै आयोजक वनदेवी युवा क्लबले तयारी पुरा भएको बताएको छ। 

National life

वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी स्थित रङ्गशालामा गोल्डकपको आयोजना गरिने क्लबका अध्यक्ष सुसन जोशीले बताए। 

प्रतियोगितामा विभागीय टिम सहित ८ क्लबको सहभागिता रहेको आयोजकले बताएको छ। अध्यक्ष जोशीले गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्ने बताएका छन्। प्रतियोगितामा वुमन अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।

महिला गोल्डकप सञ्चालनका लागि करिब १ करोड रुपैयाँ खर्च लाग्ने अध्यक्ष जोशीले बताए।

धनगढी स्थित रङ्गशालामा आयोजना हुने प्रतियोगिता रात्रिकालीन हुने आयोजक बनदेवी क्लबले जानकारी दिएको छ। दिउँसो अत्यधिक गर्मी भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गर्न लागेको हो।

Laxmi sunrise bank
kumari

“खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो” भन्ने मूल नारा सहित हुन महिला गोल्डकप नेपालमै महिला फुटबल खेलाडीहरूको सहभागिता रहने सर्वाधिक धनराशिको प्रतियोगिता रहेको क्लबको दाबी छ। ‘नेपाल तथा सुदूरपश्चिममै महिला गोल्डकप फुटबल प्रतियोगिता कम भएको अवस्थामा यो प्रतियोगितालाई विशेष रूपमा हेरिएको छ,’ क्लबका अध्यक्ष जोशीले भने, ‘प्रतियोगितालाई उत्सव र सानको रूपमा हेरिन्छ भन्ने आशा छ।’

‘सुदूरपश्चिम प्रदेशमा फुटबलको चहलपहल बढाउने, यहाँका अभिभावकहरूलाई फुटबल खेलतिर उत्प्रेरित गराउने, सुदूरपश्चिमलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउने तथा तथा सुदूरपश्चिमका महिला फुटबल खेलाडीलाई व्यावसायिक बनाउने उद्देश्य सहित यो प्रतियोगिता आयोजना सुरु गरेका हौं,’ पत्रकार सम्मेलनमा अध्यक्ष जोशीले भने, ‘प्रतियोगिताले सुदूरपश्चिमका धेरै महिला खेलाडीको सम्भावनालाई उजागर गर्ने कुरा स्पष्ट छ।’ 

प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटका बिच हुने छ।

प्रकाशित: Apr 16, 2022| 09:03 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।