शुक्रबार, वैशाख १८, २०८३

आईपीएलमा आज जितविहीन मुम्बई पञ्‍जाबसँग भिड्दै

आईपीएलकै सर्वाधिक सफल टिम मुम्बई इन्डिन्सले आज इन्डियन प्रिमियर लिग (आइपिएल) को २३ औं खेलमा पञ्जाब किङ्ससँग खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ मा महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा हुँदैछ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

National life

काठमाडौं- आईपीएलकै सर्वाधिक सफल टिम मुम्बई इन्डिन्सले आज इन्डियन प्रिमियर लिग (आइपिएल) को २३ औं खेलमा पञ्जाब किङ्ससँग खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ मा महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा हुँदैछ।

मुम्बई पहिलो जितको खोजिमा छ। रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले चार खेल खेल्दासम्म जितविहीन रहेर अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ। जारी सिजन जितविहीन हुने मुम्बई एक मात्र टिम हो। मयंक अग्रवालको कप्तानीमा रहेको पञ्जाब तेस्रो जितको खोजीमा छ। आजको खेल जिते पञ्जाब तालिकाको शीर्ष चारमा पर्नेछ। चार खेल खेलेको पञ्जाब दुई खेलमा जित र दुई खेलमा हार व्यहोर्दै चार अंकका साथ तालिकाको सातौ स्थानमा रहेको छ।

राजस्थान रोयल्स छ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ भने कोलकत्ता पनि समान छ अंकका साथ दोस्रो स्थानमा रहेको छ।

प्रकाशित: Apr 13, 2022| 20:03 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।