एमाले विवाद सहमति नजिक पुगेको छ। एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिहीबार भएको छलफलमा सहमति नजिक पुगेका हुन्। नेताद्वयबीच शुक्रबार पनि छलफल हुँदै छ।
दोस्रो चरणको कोरोना संक्रमण तीव्ररूपमा फैलिँदै जान थालेपछि जिल्लावासी जनताको हितलाई ध्यानमा राखेर उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।
कोभिडका बिरामीसँग चर्को शुल्क असुलेको गुनासोपछि काठमाडौं जिल्ला प्रशासनले ह्याम्स र केएमसी अस्पतालसँग स्ष्टीकरण सोधेको थियो। उनीहरूले तीन दिन वित्दा पनि स्ष्टीकरणको जवाफ बुझाएका छैनन्।
बागमती प्रदेश राष्ट्रियसभा सदस्य उपनिर्वाचनको उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ। जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो।
कोभिड–१९ संक्रमितको संख्या बढ्दै जाँदा अस्पताल भरिएका छन्। प्रधानमन्त्रीले अन्य देशसँग सहयोगको याचना गरिरहेका छन्। नेपालमा यति बेला क्रन्दनयुक्त अवस्था विकसित भइरहेको छ जुन पूर्वअनुमान गरिएको थियो।