बिहीबार, भदौ ११, २०८३

एमाले एकताबारे विष्णु पौडेलको सक्रियता

 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं-  एमाले विभाजन हुन नदिन अर्थमन्त्री एवम् नेता विष्णु पौडेल सक्रिय भएका छन्। उनले बिहीबार माधवकुमार नेपाल समूहका दोस्रो तहका नेतासँग एकता प्रक्रियाबारे छलफल गरेका हुन्।

नेता पौडेलले सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग भेटवार्ता गरी पार्टी उत्पन्न विवाद समाधान गर्ने विषयमा छलफल गरेका थिए।
'उहाँले भेटौं भनेपछि म र गोकर्णजी गएका हौं', नेता पाण्डेले भने, 'छलफलको सुरुवात भएको छ। यो सकारात्मक कुरो हो।'

उनले भेटमा आफूहरुले प्रस्ट कुरो राखेको बताए। उनका अनुसार  पार्टीमा देखापरेको पछिल्लो समस्याबारे छलफल भए पनि ठोस निष्कर्ष भने केही निस्कन सकेन। पौडेलले नेताद्वयलाई नागपोखरीस्थित होटल मेरियटमा डाकेका थिए।

प्रकाशित: May 06, 2021| 15:42 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।