काठमाडौं। तिब्बत क्षेत्रबाट आएको रसुवा बाढीका कारण १९ वटा पुल क्षतिग्रस्त भएको छ।
बुधवार बिहान आएको बाढीले त्रिशूली नदीका १९ वटा पुल क्षतिग्रस्त भएको सडक विभागले जनाएको छ। विभागका सूचना अधिकारी शुभाञ्जन दाहालका अनुसार अहिलेसम्म त्रिशूली नदीका १९ वटा पुल क्षतिग्रस्त छ।
बाढीले कम्तीमा ४० किलोमिटर सडकमा समेत क्षति पुगेको आंकलन रहेको उनले बताए। बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १८ किलोमिटर सडक पूरै बगाएको छ।
सरकारका तर्फबाट आवश्यक समन्वयसहित क्षतिको विवरण सङ्कलन गरी उद्धार तथा राहत वितरणलाई तीव्रता दिन, घाइतेको उपचार व्यवस्था गर्न, हराएका तथा सम्पर्क विहीन अवस्थामा रहेकाको खाजी गर्न र विपद्जन्य घटनामा तत्काल गर्नुपर्ने व्यवस्थापकीय भूमिका छिटोभन्दा छिटो पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएको छ।