काठमाडौं - गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ता गर्न हेटौंडा गएका छन्। आज उनी हेलिकप्टरमार्फत् नेताहरूसहित हेटौंडा गएका हुन्।
एमाले नेता सुवास नेम्वाङका अनुसार बालुवाटारमा भएको बैठकले रामबहादुर थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए।
बागमती प्रदेश राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ। जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो।
उम्मेदवारले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो मनोनयन दर्ता गर्न सक्ने छन्।
