आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • एमाले विवाद सहमति नजिक, ओली–नेपालबीच आज पनि छलफल हुँदै

एमाले विवाद सहमति नजिक, ओली–नेपालबीच आज पनि छलफल हुँदै

एमाले विवाद सहमति नजिक पुगेको छ। एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिहीबार भएको छलफलमा सहमति नजिक पुगेका हुन्। नेताद्वयबीच शुक्रबार पनि छलफल हुँदै छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

बीपी अनमोल

बीपी अनमोल

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं– एमाले विवाद सहमति नजिक पुगेको छ। एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिहीबार भएको छलफलमा सहमति नजिक पुगेका हुन्। नेताद्वयबीच शुक्रबार पनि छलफल हुँदै छ।

National life

ओली निकट एक नेताले भने, ‘हिजो दुई नेताबीच भएको छलफल सहमति नजिक पुगेको छ।’  यसबीचमा वरिष्ठ नेता नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच पार्टी एकताका बारेमा छलफल भएको छ। यस्तै ओली पक्षका नेता विष्णु पौडेलले नेपाल निकट नेताहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराईसँग छलफल गरेका छन्। 

ओली र नेपालबीच आज हुने भेटवार्ताको समय र स्थान भने तोकिएको छैन। ओली निकट एक नेताले भने, ‘उहाँहरूबीच हिजो पनि भेट भएको हो। आज पनि भेट हुँदै छ। ठाउँको टुंगो लागेको छैन। उहाँहरुबाहेक अरूलाई थाहा छैन।’

उनका अनुसार शीतल निवासमा कुनै समझदारी भएकाे छैन। ती नेताले भने, ‘हिजो दुई नेताबीच भेटवार्ता भएको हो। सहमति नजिक पुगेका छन्। राष्ट्रपतिसँग अलगअलग भेट भएको हो। राष्ट्रपतिलाई किन विवादमा पार्नु। प्रयास जारी छ। राष्ट्रपतिको मध्यस्थतामा हैन।' 

एमाले प्रमुख सचेतक विशाल भट्टराईले  पनि राष्ट्रपतिको मध्यस्थतामा पार्टी विवाद मिलाउन लागिएको भन्ने विषयमा कुनै सत्यता नभएको बताएका छन्। ओली र नेपालले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग अलग अलग भेट गरेका थिए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 07, 2021| 06:05 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।