बिहीबार, भदौ ११, २०८३

रुपन्देहीमा थप तीन संक्रमितको मृत्यु 

कोरोना संक्रमित बिरामीको मृत्यु हुने क्रम रोकिएको छैन। रुपन्देहीमा थप तीन जना संक्रमितको मृत्यु भएको छ। 
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

बुटवल– कोरोना संक्रमित बिरामीको मृत्यु हुने क्रम रोकिएको छैन। रुपन्देहीमा थप तीन जना संक्रमितको मृत्यु भएको छ। 

लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा दुुई र बुुटवल धागो कारखानामा एक जनाको मृत्यु भएको अस्पतालका सूूचना अधिकारी डा. विष्णुु गौतमले जानकारी दिए। 

कोरोना विशेष अस्पताल आईसीयूमा उपचाररत बुटवल तामनगरका ६५ वर्षीय पुरुषको बिहीबार राति १ बजे मृत्यु भएको हो भने वैशाख २२ गते अस्पतालको इमर्जेन्सीमा भर्ना भएका तिलोत्तमा १ का ४३ वर्षीय पुरुषको शुक्रबार बिहान २ः२१ मा र वैशाख १९ गतेदेखि अस्पतालको इमर्जेन्सीमै उपचाररत तिलोत्तमा १ की महिलाको बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित: May 07, 2021| 06:23 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।