बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा ५७०० सक्रिय संक्रमित, कुन स्थानीय तहमा कति?

प्रदेश १ मा ५७०० सक्रिय संक्रमित, कुन स्थानीय तहमा कति?

प्रदेश १ मा ५ हजा ७ सय सक्रिय संक्रमित पुगेका छन्। सक्रिय संक्रमित मध्ये ४ हजार ८ सय९१ जना होम आईसोलेसनमा छन्।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, वैशाख २४, २०७८

विराटनगर – प्रदेश १ मा ५ हजा ७ सय सक्रिय संक्रमित पुगेका छन्। सक्रिय संक्रमित मध्ये ४ हजार ८ सय९१ जना होम आईसोलेसनमा छन्।

National life

अन्य कोभिड अस्पतालमा भर्ना भएका छन्। प्रेदश १ मा कूल कोरोना संक्रमितको संख्या ३५ हजार ९ सय २० पुगेको छ। संक्रमित भएका मध्ये ३० हजार १ सय १३ संक्रमण मुक्त भइसकेका छन्।

प्रदेश १ मा बिहीबार १ हजार ७ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये ३ सय ३० महिला र ४ सय ६१ पुरुष गरि ७ सय ९१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार मोरङमा ३ सय ३७, झापामा १ सय ७८, सुनसरीमा १ सय ४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, तेह्रथुममा ५, धनकुटा र पाँचथरमा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा १ सय १७ महिला र १ सय ६६ पुरुषसहित २ सय ८३, बुढीगंगामा १३, सुन्दरहरैचामा ९, बेलबारीमा ७, रंगेलीमा ६, कटहरीमा ५, केराबारीमा ३, धनपालथान, रतुवामाई र पथरीशनिश्चरेमा २–२, मिक्लाजुङ, ग्रामथान, उर्लाबारी, सुनबर्षी र स्थानीयतहनखुलेका १–१, सुनसरीको धरानमा ५९, इटहरीमा ४३, देवानगञ्ज र दुहवीमा९–९ र बराहक्षेत्रमा ६ संक्रमित रहेका छन्। 

Laxmi sunrise bank
kumari

यस्तै इनरुवा र कोशीगाउँपालिकामा ५–५, गढीमा ३, बर्जु र रामधुनीमा २–२, हरिनगर र भोक्राहानरसिंहमा १–१, झापाको दमकमा ५८, कमलगाउँपालिकामा २२, विर्तामोडमा २०, मेचीनगरमा १९, गौरीगञ्जमा १७, भद्रपुर र कनकाईमा १२–१२, शिवसताक्षीमा ६, बुद्धशान्ति र अर्जुनधारामा ४–४, गौरदहमा २, झापागाउँपालिका र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४९ जनामा संक्रमण देखिएको छ। 

त्यसैगरि उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २, कटारी र बेलकामा १–१ , संखुवासभाको चैनपुरमा ७, खाँदबारीमा ५, मादी र स्थानीयतहनखुलेका १–१, इलाममा ८, चुलाचुलीमा २ र रोङमा १, तेह्रथुमको म्याङलुङमा ५, धनकुटाको छथर र शहिद भूमीमा १–१, पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: May 07, 2021| 00:52 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।