धादिङ- धादिङको बेनीघाट रोराङ गाउँपालिका–ज्यामिरेघाटमा सडक माथिबाट ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरोका कारण काठमाडौं आउने र जाने दुवैतर्फका सवारीसाधन रोकिएका छन्। पहिरो ठूलो भएकाले सडक खुलाउन केही समय लाग्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ। पहिरो हटाउन निर्माणाधीन सडक आयोजनाका डोजर परिचालन गरिएको छ।
यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डको किलोमिटर १५ मा लेदो खसेपछि सडक एकतर्फी रूपमा प्रभावित भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।