काठमाडौं - कोभिडका बिरामीसँग चर्को शुल्क असुलेको गुनासोपछि काठमाडौं जिल्ला प्रशासनले ह्याम्स र केएमसी अस्पतालसँग स्ष्टीकरण सोधेको थियो। उनीहरूले तीन दिन वित्दा पनि स्ष्टीकरणको जवाफ बुझाएका छैनन्।
दुवै अस्पतालविरुद्ध उजुरी परेपछि बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालिप्रसाद पराजुलीले अस्पतालका सिइओलाई प्रशासनमा बोलाएर स्पष्टीकरण सोधेका थिए। दुवै अस्पतालाई बिहानसम्म लिखित जवाफ दिने समय तोकिएको थयो। तर, उनीहरूले शुक्रबार भइसक्दा पनि स्पष्टीकरण बुझाएका छैनन्।
शुक्रबार बिहान नेपाल समयसँग कुरा गर्दै सीडीओ पराजुलीले आज अन्तिम पटक स्पष्टीकरण सोधिने र अझै अटेरी गरे कारबाही गरिने बताए।
'फेरि पनि स्पष्टीकरण नबुझाए कानुन अनुसार कारबाही गरिने छ। हामी आज अन्तिम पटक ताकेता गर्ने छौं', उनले भने।
