बिहीबार, भदौ ११, २०८३

पाल्पामा जेठ ४ सम्म लम्बियो निषेध आदेश

कोरोना संक्रमणपछि पाल्पामा जारी निषेध आदेश जेठ ४ गतेसम्म लम्बिएको छ।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

बुटवल-  कोरोना संक्रमणपछि पाल्पामा जारी निषेध आदेश जेठ ४ गतेसम्म लम्बिएको छ। डीसीसीएमसीको बुधबार बसेको बैठकले वैशाख १७ गतेदेखि २४ गतेसम्म जारी निषेध आदेश अवधि बढाएर जेठ ४ गते राति १२ बजेसम्मका पुर्याउने निर्णय गरिएको  प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले बताए। 

पाल्पामा कोरोना संक्रमण अझै नियन्त्रण नभएकाले बढाउने निर्णय गरिएको उनले बताए। बैठकले निषेध आदेश थप कडा बनाउँदै खाद्यान्न पसल बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खुल्ने पाउने बनाएको छ। 

अत्यावश्यक सवारीसाधन, तरकारी, दूध, एम्बुलेन्स, बिरामी बोक्ने सवारी, प्रेस, माछा, मासु, पानी पेट्रोल, निर्माण सामग्री जस्ता सवारीलाई भने सञ्चालन गर्न दिइने जनाएको छ। 

पाल्पामा बिहीबार मात्रै एक सय २५ सङ्क्रमित थपिएका छन्।  योसँगै यहाँ  सक्रिय सङक्रमितको संख्या ७ सय ५७ पुगेको छ। कोरोनाबाट पाल्पामा ४४ जनाको मृत्यु भएको स्वमस्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: May 06, 2021| 15:24 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।