बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपालले भने- वार्ता र लचकता दुवै अपनाउँछौं, जेठ २ को नेतृत्व हाम्राे बटमलाइन

माधव नेपालले भने- वार्ता र लचकता दुवै अपनाउँछौं, जेठ २ को नेतृत्व हाम्राे बटमलाइन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूले विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहेको बताएका छन्।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूले विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहेको बताएका छन्। यसका लागि वार्ता र लचकता दुवै अपनाउने उनले फेसबुकमार्फत् बताएका हुन्। 

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो,’ उनले लेखेका छन्, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन।’

उनले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने माग गरेका छन्। ‘२०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो,’ उनको भनाइ छ, ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’

प्रकाशित: May 07, 2021| 06:00 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।