बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनुषाको सबैलामा सडक विस्तारका विषयमा झडप, एक दर्जन बढी घाइते

धनुषाको सबैलामा सडक विस्तारका विषयमा झडप, एक दर्जन बढी घाइते

धनुषाको सबैला नगरपालिकामा सडक विस्तारका विषयमा झडप हुँदा एक दर्जन व्यक्ति घाइते भएका छन्।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

जनकपुरधाम- धनुषाको सबैला नगरपालिकामा सडक विस्तारका विषयमा झडप हुँदा एक दर्जन व्यक्ति घाइते भएका छन्।

सबैला नगरपालिका वडा नम्बर ४ पटेर्वामा दुई पक्षबीच झडप भएपछि दुवै पक्षका व्यक्ति घाइते भएका हुन्। सडक विस्तारका विषयमा विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए। उनका अनुसार एक दर्जन व्यक्ति घाइते भएका छन्। 

सडक विस्तारको विवादले झगडाको रुप लिएपछि कुटाकुटसम्मको स्थिति आएको उनले बताए। घाइतेहरुको नाम भने खुल्न सकेको छैन। घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार ल्याइएको छ।

घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको डिएसपी मिश्रले जानकारी दिए। घटनाको विस्तृत विवरण आउन सकेको छैन।

प्रकाशित: May 06, 2021| 14:52 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।