काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले कोरोनाविरुद्धको खोपमा भएको अनियमितता अपराध भएको बताएका छन्।
पूर्व स्वास्थ्यमन्त्री सेमत रहेका नेता थापाले सामाजिक ट्वीटरमा लेखेका छन्, 'खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ- जे भयो त्यो अनियमितता मात्र होइन, अपराध हो र त्यो सवै प्रधानमन्त्री केपी ओलीलाई थाहा छ।'
उनले ओलीलाई त्यसबारे पहिले नै थाहा भए पनि अनियमितता हुनबाट नरोकेको आरोप लगाएका छन्।
'उहाँलाई थाहा थियो। तर, रोक्नुभएन अर्थात् आफै संलग्न हुनुभयो। जो आरोपित छ उनैलाई छानविन गर भन्नुको केही अर्थ छैन। संसदले यो अपराधको जरासम्म पुगेर छानविन गर्ने दायीत्व पुरा गर्नुपर्छ', उनले लेखेका छन्।
खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ-जे भयो त्यो अनियमितता मात्र होइन,अपराध हो र त्यो सवै@PM_Nepalज्यूलाई थाहा थियो तर,रोक्नुभएन अर्थात् आफै संलग्न हुनुभयो।जो आरोपित छ उनैलाई छानबिन गर भन्नुको केही अर्थ छैन।संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा गर्नुपर्छ
— Gagan Thapa (@thapagk) May 7, 2021
