धनगढी- महाकाली अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६, दोधारा चाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एकएक जनाको मृत्यु भएको हो।
स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टका अनुसार भीमदत्त नगरपालिका ३ का ७४ वर्षीय पुरुष, वडा नम्बर ४ का ७२ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का ३५ वर्षीय र ५७ वर्षीय पुरुष, वडा नम्बर ८ की ६५ वर्षीया महिलाकाे मृत्यु भएकाे छ।
यस्तै दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का ३१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो।
