बिहीबार, भदौ ११, २०८३

अक्सिजन प्रतिवन्धमा भारतले गर्‍यो फुकुवा

भारतले अक्सिजन प्रतिवन्धमा फुकुवा गरेको छ। बिहीबार अक्सिजन प्रतिवन्धमा फुकुवा गरेपछि शनिबार नेपालमा अक्सिजन आउने भएको छ। 
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं - भारतले अक्सिजन प्रतिवन्धमा फुकुवा गरेको छ। बिहीबार अक्सिजन प्रतिवन्धमा फुकुवा गरेपछि शनिबार नेपालमा अक्सिजन आउने भएको छ। 

चैत पहिलोसाता भारतको सर्वोच्च अदालतले अक्सिजन निर्यातमा प्रतिवन्ध लगाएको थियो। भारतले प्रतिवन्ध लगाएपछि नेपालमा अक्सिजन अपुग हुनेभन्दै प्रतिवन्ध नलगाउन अनुरोध गर्दै पत्र पठाएको थियो। 

नेपालको निरन्तरको आग्रहपछि भारतले स्वास्थ्य प्रयोजनका लागि अक्सिजन आपूर्ति खुला गर्ने निर्णय गरेको हो। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायतले अक्सिजनको आपूर्तिमा प्रतिबन्ध हटाउन भारतीय अधिकारीलाई आग्रह गर्दै आएका थिए। 

फुकुवा गरेसँगै भोली दुई ट्यांकरमा ३० टन लिक्विड अक्सिजन आउँदै छ। 

भारतीय गृह मन्त्रालयले बिहीबार नै सबै प्रदेश तथा डिस्ट्रिक मजिस्ट्रेट कार्यालयलाई परिपत्र गर्दै नेपालमा अक्सिजनको आपूर्ति सुरु गर्न निर्देशन दिएको जनाइएको छ। 

लिक्विड अक्सिजन लिन नेपालबाट गएका दुईवटा ट्यांकर एक सातादेखि भारतमा नै अड्किएका  थिए।

प्रकाशित: May 07, 2021| 02:54 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।