नेकपा एमालेको जारी कार्यदल बैठक अझै निश्कर्षमा पुग्न सकेको छैन। सहमतिको नजिकै छौँ भनेर नेताहरुले दिएको अभिव्यक्तिपछि लामो समयसम्म पनि कार्यदलले विवाद मिलाउन सकिरहेको छैन।
नेकपा एमालेको स्थायी कमिटी बस्ने भएको छ। पार्टीको आन्तरिक असन्तुष्टि समाधानका लागि सिंहदरबारमा कार्यदलको बैठक जारी रहेका बेला स्थायी कमिटी बैठक बोलाइएको हो।
उड्डयन व्यवसाय सम्बन्धमा अनुभव र ज्ञान नभएका आसेपासे, हुक्के बैठकेलाई प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्य नियुक्त गरी तिनीहरुबाट अनेकौं क्रियाकलाप गराएर संस्थानलाई धराशयी तुल्याएइएको आरोप उनको छ।
भारतको उत्तर प्रदेश सरकारले जनससंख्या नियन्त्रणका लागि दुई सन्तान नीति लागू गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनसंख्या नियन्त्रणका लागि दुई सन्तान नीति ल्याउन लागिएकोे बताएका छन्।