शुक्रबार, भदौ ५, २०८३

सुजिताकोे शव हात बाँधेर गाडेको अवस्थामा

एक महिनाभन्दा बढी समयदेखि बेपत्ता रहेकी महोत्तरी लोहरपट्टी नगरपालिका–७ भ्रमरपुरकी २६ वर्षीया सुजिता ठाकुरको शव हात बाँधेको अवस्थामा फेला परेको छ।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं– एक महिनाभन्दा बढी समयदेखि बेपत्ता रहेकी महोत्तरी लोहरपट्टी नगरपालिका–७ भ्रमरपुरकी २६ वर्षीया सुजिता ठाकुरको शव हात बाँधेको अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय महोेत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले सुजिताको शव घर नजिकै रहेको पेट्रोेल पम्प नजिकैै गाडिएकोे अवस्थामा फेला परेकोे बताए। ‘सुजिता एक महिनादेखि बेपत्ता थिइन्। उनलाई घर नजिकै खाल्डोे खनी गाडिएको अवस्थामा फेला पारेका हौं,’ प्रहरी उपरीक्षक आचार्यले भने। सुजितालाई दुवै हात बाँधेर गाडेको अवस्था प्रहरीले आइतबार फेला पारेको हो। 

सुजिताको हत्या गरेको आशंकामा प्रहरीले असार १३ गते श्रीमान् मुकेश ठाकुर र देवर रुपेशलाई नियन्त्रणमा लिई अनुससन्धान सुरु गरिसकेको थियो। जेठ २० गते बेपत्ता भएकी सुजिताको कपाल, चुरा र कपडा  असार १३ गते घरभदा करिब १ किलोमिटर पर खेतमा गाडेको अवस्थामा फेला परेको थियो।

सुजिताको परिवारले शव सुजिताकै भएको र सनाखत पनि गरिसकेको छ। ‘परिवारले शव पहिचान गरी सनाखत भइसकेको भए पनि घटनाबारे केही खुल्न सकेको छैन। पोेष्टमार्टम रिपोेर्ट आएपछि थाहा हुन्छ,’ डीएसपी आचार्यले नेपाल समयसँग भने।

सुजिताकोे माइती पक्षले उनको श्रीमानसहित मिलेर सुजिताको हत्या गरिएको दावी गर्देै आएको छ। सुजिता बेपत्ता भएकै दिन प्रहरीले श्रीमान मुकेश देवर रुपेशलाई पक्राउ गरेको थियो। गत साता माइती पक्षले श्रीमान् मुकेश, सासुससुरा र अन्य गरी छ जनाका नाममा किटानी जाहेरी गरेको थियो।

परिवारबाट यातना पाएपछि सुजिता बेपत्ता भएको प्रहरीकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘घटनाबारे अहिले नै सबै कुरा भन्न  मिल्दैन,’ उनले भने, ‘भोलि पत्रकार सम्मेल गरेर सबै कुरा भन्छौं।’

सुजिता बेपत्ता भएको महिनौं दिनससम्म पत्ता लाग्न नसकेको भए पनि पाँच वर्षिय छोराकोे माध्यमबाट सुइको पाएको प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरीले सुजिताका छोराले हत्याबारे केहि क्लु दिएपछि र माइती पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले सुिजताकोे खोजतलासलाई तिब्र बनाएकोे थियो।

प्रकाशित: Jul 11, 2021| 11:55 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।